रसेलको आँदीले उडायो बैंगलोर, आइपीएलमा लगातार बैंलोरको पाँचौँ हार

इलाम, २३ चैतः भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले  तेस्रो जित निकालेको छ । शुक्रबार भएको रोमान्चक खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराउँदै कोलकत्ताले तेस्रो जित निकालेको हो ।
बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट मैदानमा भएको खेलमा  बैंगलोरले दिएको २०६ रनको लक्ष्य कोलकत्ताले १९ ओभर १ बलमा  ५ विकेटको क्षतिमा पुरा। कोलकत्ताको जितमा आन्द्रे रसेलले आक्रमक ब्याटिङ गरे । रसेलले मात्र १३ बलमा अविजित ४८ रन बनाए । उनले ७ छक्का र १ चौका प्रहार गरेका थिए ।
यस्तै क्रिस ल्यानले ४३, नितिस रानाले ३७ तथा रोबिन उथप्पाले ३३ रन बनाए । कप्तान दिनेश कार्तिक १९ रनमा आउट हुँदा सुनिल नारिनेले १० रन जोडे । बैंगलोरका नाब्दिप साईनी र पवन नेगीले समान दुई दुई विकेट लिए । 
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली बैंगलोरले  ३ विकेट गुमाएर २०५ रन बनाएको थियो ।
बैंगलोरका लागि कप्तान विराट कोहली र एबी डी भिलियर्सले अर्धशतकीय इनिङ्स खेले । कोहलीले ८४ तथा डी भिलियर्सले ६३ रनको योगदान दिए ।
कोलकत्ताविरुद्धको खेलसंगै कोहलीले टी–ट्वान्टी क्रिकेटमा ८ हजार रन पुरा गरेका छन् । यस्तै कोहली टी–ट्वान्टी क्रिकेटमा ८ हजार रन पुरा गर्ने दोस्रो भारतीय खेलाडी बने । कोहली अघि सुरेश रैनाले ८ हजार रन पुरा गरेका थिए ।
यस्तै मार्कुस स्टोईनिसले अविजित २८ तथा अक्षर पटेलले २५ रन बनाए । कोलकत्ताका सुनिल नारिने, कुलदीप यादब र नितिस रानाले समान एक एक विकेट लिए ।
जितसंगै कोलकत्ताले ४ खेलमा ६ अंक जोडेको छ । अघिल्ला ३ खेलमा कोलकत्ताले २ जित र १ हार व्यहोरेको छ । कोलकत्ता दोस्रो स्थानमा रहेको छ ।
बैंगलोरको भने यो लगातार पाँचौ हार हो ।  जारी सिजन बैंगलोर जित निकाल्न नसक्ने एक्लो टोली हो । पाँच खेल गुमाएको बैंगलोर लिगको पुछारमा रहेको छ ।
तस्विर आईपीएलको आधिकारीक साइटबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता