रोङ गाउपालिकाका अध्यक्षले बाह्र किलोको खसी देखेपछि.......

  • गोबिन्द पौडेल 

रोङ २२ चैत्रः मेहनत गर्ने किसानले  बाह् किलोको खसी बेचेको देखेपछि  रोङ गाउपालिका अध्यक्षले नश्ल सुधारको लागी गरेको संकल्प कार्यन्वयनमा आएको छ ।     
 चुरे र कठिन भू वनावटले बनेको इलामको रोङ गाउपालिकाका अधिकास स्थानमा बाख्रा पालन गरिने  तर परंपरागत  जातको  बाख्रा नै रहेको र तिनीहरु बयस्क हुदापनि कम तौलको हुने आफुले गाउगाउमा देखे पछि बाख्रा पालनमा  नश्ल सुधार गरि आधुनिकता साथै नया जातकरुको बाख्रा पालन गराउदै किसानहरुलाइ धेरै आम्दामी बनाउन रोङ गाउपालिकाले बाख्रमा कृतिम गर्भाधानको शुरुआत गरेको हो ।
 बाख्रा पालनको राम्रो संभावना रहेको रोङ गाउपालिकामा किसानको सुबिधाको लागि बाख्रामा कृतिक गर्भाधान गराउन सरकारी र निजी गरि ९ जना पशु प्राबिधिकहरुलाइ गत साता बाख्रा पालनको पकेट क्षेत्र मानिने रोङ ४ को किटेनीमा एक हप्ते तालिम दिएर दक्ष बनाएर आवश्यक सामाग्री सहित  गाउमा खटाइएपछि किसानले पालेको बाख्रामा सुधारहुने अपेक्षा राखेको गाउपालिका अध्यक्ष समसेर राइले बताए ।
 त्यसोत रोङ गाउपालिकाले गत बर्ष  नै उन्नत बोयर जातको बोका खरिद गरेर किसानलाइ नश्ल सुधारमा प्रेरणा दिएको थियो तर महंगोमा किनेको बोका कुृन ठाउमा राख्ने भन्ने दुबिधा सगै सबै वडा र टोलका किसानहरुलाइ समान पहुच पुर्याउनको लागि  कृतिम गर्भाधानको उपया कार्यन्वयन गरिएको पशु शाखा प्रमुख मिग्मारिन्ची शेर्पाले बताए । शेर्पाको अनुसार प्रबिधिकहरुलाइ तालिम दिएर रोङको हावापानीमा उपयुक्त हुने जमुनापारि र बोयर जातको सिमेन राष्ट्रिय प्रजनन केन्द्र पोखराबाट ल्याएर कृतिम गर्भाधानको अभ्यास शुरु गरिएको छ । अहिलेलाइ अस्टेलियाबाट पशु प्रजनन केन्द्र पोखरामा  ल्याइएको  उन्नत जातका बोयर र जमुनापारी जातको थोरै सिमेनहरु ल्याइएका भएपनि पछि किसानहरुको मागको आधारमा बिस्तार गर्ने उनको भनाइ रहेको छ । यस अघि रोङ ४ मा रहेको बाख्रा पालन समुह , रोङ ३ मा रहेको दुखुन बाख्रा फारम मा  महंगोमा बोयर बोका ल्याएर प्रयोग गरिएको भएपनि उक्त बोका स्थानतरण, रोगको प्रकोप र प्रजनन् क्रिया शुल्क नै अति महंगो रहेकोले गाउपालिकाले कृतिम गर्भाधानको बिकल्प अघि सारेको हो । 
आफुलाइ जति खेर सेवाको आबश्यक्ता रहन्छ वडामा खटिएका प्रबिधिकहरुलाइ सम्पर्क गरि सेवा लिन सकिने र सेवा शुल्क भने दुरीको आधारमा सेवा प्रदायक र किसानको सहमतीमा तय हुने तर शेवा शुल्क कै आधारमा कुनै पनि किसान सेवाबाट बन्चित नहुने शाखा प्रमुख शेर्पाको भनाइ रहेको छ । अलिे रोङ गाउपालिका भरिमा १ हजार ४ सय ९६ बटा बाख्रा रहेको पशु शाखा रोङले जनाएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता