देउमाई गोल्डकपः न्यू स्टारलाई हराउँदै मुनल सेमिफाईनलमा

मंगलबारे  ८ बैशाखः इलामको मंगलबारेमा भईरहेको नेपाल आईस देउमाई गोल्डकपमा आईतबार मुनल क्लब चन्द्रगढी झापा विजयी भएको छ ।  पहिलो जीत सँगै मुनाल क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।  खेलमा मुनाल क्लबले  सुनसरीको न्यु स्टार भरौललाई  ३–०  गोलले हर्राको हो ।  खेलमा दुवै टीमले निकै राम्रा अवसर पाए पनि मुनाले स्कोर गर्न सफल भएको हो ।
आइतबार भएको खेलमा मुनालका योगेश गुरूङ म्यान अफ दी म्याच भएका थिए । प्रतियोगितामा भारतका एक सहित नेपालका आठ टीमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल आगामी बैशाख १४ गते हुने छ ।   
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता