१२ वर्षिया बालिका जबर्जस्ती करणीको आरोपमा वडा सचिव पक्राउ

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका वडा सचिव बालिका जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका छन् । बालिकाकै घरमा गइ उनकी आमासँग झगडा गरेर वडा नम्बर ४ का सचिव यज्ञ आचार्यमाथि बलात्कार गर्न खाजेको आरोप लागेको हो ।
१२ वर्षिया सिता चौधरी (नाम परिवर्तन)लाई जबरजस्ती गर्न खोज्ने क्रममा उनलाई स्थानीयले पक्राउ गरेको बताइएको छ । बालिकाले आफुलाई गाली गरेर हातपात गर्न खाजेको आरोप लगाए पनि सचिव आर्चायले आफ्नो मनसाय गलत नरहेको बताएका छन् ।
इलाका प्रहरी कार्यलय सुखडका अनुसार आर्चायमाथि पीडित पक्षले दिएको निवेदनका आधारमा जबर्जस्ती करणी उद्योग अन्तर्गत मुद्दा चलाइने भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता