आठौँ राष्ट्रिय खेलकुद : आर्मी सर्वाधिक ५५ स्वर्ण जित्दै शीर्ष स्थानमा

बाँके । आठौँ राष्ट्रिय खेलकुदमा विभागीय टोलीहरुले उत्कृष्ट प्रदर्शन गर्दै पदक तालिकामा बर्चस्व जमाउदा प्रदेशहरुले फितलो प्रदर्शन जारी राखेका छन् ।
प्रदेश नम्बर ५ मा भइरहेको प्रतियोगिताको ११औं दिनमा आईपुग्दा १६ खेलहरु सकिँदा १ सय ४६ स्वर्ण पदकको टुङ्गो लाग्दा त्रिभुवन आर्मी क्लब ५५ स्वर्ण पदक सहित पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । आर्मीले ५५ स्वर्ण, ३९ रजत र ३५ कास्य पदक सहित कूल १२९ पदक जितेको छ ।
आर्मीलाई अन्य दुई विभागीय टोलीहरुले पछ्याई रहेका छन् । नेपाल पुलिस र यूपीएफले पछ्याइ रहेका छन् । एपीएफले ३१ स्वर्ण पदक जित्दा २७ रजत र ३० कास्यसहित ८८ पदकका दोस्रो स्थानमा उक्लिएको छ भने नेपाल पुलिस २४ स्वर्ण, २३ रजत र २२ कास्य सहित कूल ६९ पदकका साथ तेस्रो स्थानमा पुगेको छ । यस्तै विभागीय टोली बाहेक अन्य टोलीले स्वर्ण पदक संख्या १० पनि पुर्‍याउन सकेका छैनन्। विभागीय टोलीपछि धेरै स्वर्ण जित्नेमा प्रदेश ३ रहेको छ।
प्रदेश ३ ले ९ स्वर्ण, रजत १६ र कास्य ३४ पदकका साथ ५९ पदक जितेको छ। स्वर्ण थोरै जितेको प्रदेश ३ ले रजत र कास्य भने धेरै जितेको छ। ९ स्वर्ण, १६ रजत र ३३ कास्यसहित ५९ पदकका साथ प्रदेश ३ चौथो स्थानमा कायम रहेको छ ।
पाचौंमा रहेको सुदुरपश्चीम प्रदेशले ७ स्वर्ण जित्दा गण्डकी प्रदेश, प्रदेश २ ले समान ६र६ स्वर्ण पदक जितेका छन् । प्रदेश २ ले समान ६ स्वर्ण जितेका छन्। प्रदेश ५ ले ४ स्वर्ण, प्रदेश १ ले ३ स्वर्ण, कर्णाली प्रदेश १ र कर्णाली प्रदेशले ३ स्वर्ण र २ स्वर्ण स्वर्ण र पहिलो पटक सहभागिता जनाइरहेको एनआरएनएले १ स्वर्ण मात्रै जित्न सकेका छन् ।
हालसम्म आठौं राष्ट्रिय खेलकुदमा टेबलटेनिस, ट्रायथलन, कुस्ती, फेन्सिङ, साइक्लिङ, स्क्वास, जुडो, कबड्डी, फुल कन्ट्याक्ट कराते, बास्केटबल, गोल्फ, बुद्धिचाल, लन टेनिस, हक्की, शारीरिक सुगठन र ब्याडमिन्टन खेलहरु सम्पन्न भैसकेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता