नेपालले पहिलो भू-उपग्रह बिहीबार अमेरिकाबाट प्रक्षेपण गर्दै

काठमाडौं, ३ बैशाखः  नेपाललले आफनो पहिलो भू उपग्रह बिहीबार ‘लन्च’ गर्ने भएको छ । अमेरिकाको भर्जिनिया राज्यस्थित नासाको ‘मिड–एटलान्टिक स्पेसपोर्ट लन्च प्याड’ बाट ‘नेपाली स्याट–१’ को प्रक्षेपण गरिने भएको हो ।
नेपाली समय अनुसार बिहीबार बिहान २ बजेर ३१ मिनेट जाँदा यसको प्रक्षेपण गरिने नाष्टका प्रविधि प्रमुख रविन्द्र ढकालले जानकारी दिनुभएको छ । यो भू-उप ग्रहलाई नतर्राष्ट्रय स्पेस स्टेशनमा लगिने प्रमुख ढकालले बताउनु भयो । यसलाई अन्तरिक्षमा एक महिनाम्म राखिने छ । त्यहाँसम्म पुग्न अन्तरिक्ष यानको प्रयोग गर्नुपर्ने हुन्छ ।
स्पेस स्टेसनमा रहेका अन्तरिक्षयात्रीले पुनः स्याटेलाइट परीक्षण गर्नेछन् । यसको अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले प्रत्यक्ष प्रसारण समेत गर्ने जनाईएको छ ।
मे तेस्रो सातामा स्पेस स्टेसनबाट भू–उपग्रहलाई पृथ्वीको कक्षमा छाडिने कार्यतालिका रहेको नास्टले जनाएको छ । जापानको क्यूटेक विश्वविद्यालयसँगको सहकार्यमा नेपालले यो भू उपग्रहको निर्माण गरेको थियो ।
इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जिनियरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्के सो भू उपग्रह निर्माणका लागि लागि परेका थिए । 
न्युज २४ बाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता