पर्यटन व्यवसायबाट देश संवृद्ध बनाउन सरकार क्रियासिलः गृहमन्त्री बादल

  • सुजन तिमसिना

पशुपतिनगर, १६ बैशाखः गृहमन्त्री रामबहादूर थापा ‘बादल’ ले पर्यटकिय क्षेत्रको प्रवद्र्धन गरि देश संवृद्ध बनाउन सरकार क्रियासिल भएको बताउनुभएको छ । विश्वका धेरै देश पर्यटनकै माध्यमबाट धनी भएकाले सरकारले नेपालमा धेरै पर्यटक भित्र्याउन सीमा क्षेत्रमा आवश्यक संरचना तयार गरिरेहेको मन्त्री बादलले बताउनुभयो ।
भारतसँग सीमा जोडिएको इलामको पशुपतिनगर सीमा नाकामा स्थापना भएको अध्यागमन कार्यालयको उद्घाटन गर्दै वहाँले हिमश्रङ्खला, नदिखोला, ताल र प्रकृतिमा रम्न आउने पर्यटकलाई सजिलोका लागि संरचना थप्ने काम भइरहेको बताउनुभयो । भारतको पश्चिम बंगाल स्थित दार्जिलिङ्ग आउने तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरि पशुपतिनगरमा अध्यागमन कार्यालय स्थापना गरिएको भन्दै बादलले भारत सरकारलाई पनि आफ्नो क्षेत्रमा कार्यालय खोल्नका लागि कुटनितिक पहल गरिरहेको बताउनुभयो ।
पशुपतिगनरमा स्थापना गरिएको अध्यागमन कार्यालयले देशको राष्ट्रिय सुरक्षामा पनि महत्वपूर्ण भुमिका खेल्ने भन्दै मन्त्री बादलले आगामि दिनमा भौतीक संरचना थप विस्तार गर्ने बताउनुभयो । चिनको तिब्बत, भारतको सिक्किम, दार्जिलिङ्ग क्षेत्र र कतार लगायतका देशले पर्यटन व्यवसयाको माध्यममा समृद्ध यात्रा तय गरेको भन्दै वहाँले चाँडै बस्ने संसदको बजेट अधिबेशनबाट विकासको गति तिब्र गर्ने गरि योजना पास गरिने बताउनुभयो ।
कार्यक्रममा अध्यागमन कार्यालयका महानिर्देशक इश्वरि प्रसाद पौडेलले सरकारले ल्याएको भिजिट नेपाल २०२० को लक्ष्य गरि अध्यागम कार्यालय स्थापना गरिएको बताउनुभयो । वहाँले सरकारले भिजिट नेपाल २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सफल बनाउन तेस्रो मुलकबाट आउने पर्यटकलाई नेपाल भ्रमणका लागि सहज बनाउन अध्यागमन कार्यालय खोलिएको बताउनुभयो । भारतीय पर्यटकका लागि अध्यागमन कार्यालय आवश्यक नभएपनि पशुपतिगनर खुलेको अध्यागमन कार्यालयबाट नेपालीलाई तेस्रो मुलुक भ्रमणका लागि सहयोग पुग्न र तेस्रो मुलकका पर्यटकलाई नेपालको भिषा लिन सक्ने महानिर्देशक पौडेलले जानकारी दिनुभयो । अध्यागमन कार्यालयले तेस्रो मुलकका पर्यटकलाई १५, ३० र ९० दिनको भिषा जारि गर्न सक्नेछ ।
प्रदेश सरकारले पर्यटकीय नगर घोषणा गरेको सूर्योदय नगरपालिकाकाका नगर प्रमुख रणबहादूर राईले अध्यागन स्थापना पछि भुटान, बंगलादेशका पर्यटकलाई सेवा पुग्ने बताउनुभयो । वहाँले नेपाल र भारत क्षेत्रको खुल्ला सीमा भएपनि नेपाली क्षेत्रमा सीमा सुरक्षा बल स्थापना गर्नुपर्ने र दशगजाका भौतीक संरचना हटाउनुपर्ने गृहमन्त्री बादल समक्ष माग गर्नुभयो । वहाँले सूर्योदय नगरपालिका क्षेत्रको मानेभञ्ज्याङ्ग र चित्रेमा सीमा सुरक्षा पोष्ट स्थापना गर्नुपर्ने र दशगजालाई खालि गरि बगैँचा निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । वहाँले भारतीय गाडि नेपाली बजारसम्म पशुपतिगनर नाकाबाट आउने गरेपनि नेपाली गाडि भारतीय बजारसम्म जान नपाउने भएकाले त्यसलाई सहज बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश नम्बर एकका प्रदेश सासंद धिरेन्द्र सर्मा रमण, काजिमान कागते, खिनु लङ्वा लिम्बु, राम राना र सुरक्षा निकायका प्रमुख, पर्यटन व्यवससायी लगायतको उपस्थिति रहेको थियो । लोकल सन्देशबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता