झापामा विषालु सर्पले डस्दा एकको मृत्यु



झापा, १६ बैशाखः विषालु सर्पको डसाइबाट अर्जुनधारा नगरपालिका–२ बेलटारका ५२ वर्षीय खर्कबहादुर श्रेष्ठको मृत्यु भएको छ । 
सडकमा हिँडिरहेका श्रेष्ठलाई गोमन सर्पले डसेपछि उपचारका लागि चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्र लगिएको थियो । चारआलीबाट थप उपचारको लागि बी एण्ड सी हस्पिटल बिर्तामोड लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता