रोङका मौरीपालक कृषकः नयाँ आएन, पुरानो छोडिएन


  • गोबिन्द पौडेल 

रोङ १६ बैशाखः मौरी पालन र प्रशोधनको नयाँ तरिका भित्रिए पनि ग्रामिण क्षेत्रमा परम्परागत चलन रहेको छ ।
नयाँ पद्धतीको प्रयोग नहुदा उत्पादन कम हुने भएपनि  तालिम मौरीघार र उपकरण नहुदा पुरानै तरिकाले मौरी पालन गरिने गरेको हो । 'हामीलाइ नयाँकुरा  आएन, पुरानो तर्किा छाडीएन' मुढे घारबाट मह निकालदै गरेका रोङ ६ का राजु राईले भने ।
मौरी पालनबाट बढी फाइदा लिन आधुनिक घार  उपयोगी रहेको छ । जसमा अलग अलग रुपमा महकक्षमा मह मात्रै, र छाउरा कक्षमा कुट र बच्चा रहने र आवश्यक्तानुसार  तिनीहरुलाइ निकाल्न सकिने  हुन्छ । आधुनिक महदानीको प्रयोगबाट  चाकावाट महमात्र निकालिने भएकोले चाका सुरक्षित रहदा  मौरीलाइ मह बनाउन सजिलो र छिटो हुने भएपनि गाउका धेरैजसो किसानले परंपरागत मुढे घारको प्रयोग गर्ने गरेको  छन् जसको कारण घारबाट मह कुट र बच्चाहरु छुट्याएर निकाल्न नसक्दा कम उत्पादन हुने गरेको रोङ ६ का मौरी पालन गदै आएका किसान गणेशमान राइले बताए ।
 औषधिय गुणको भण्डार रहेको कारण  आन्तरिक र बाहिरी बजार राम्रो रहेकोले  किसानहरुको आर्थिक प्रगतिको मार्ग हुन सक्ने साथै स्वास्थ्य र वाताबरण संरक्षणमा पनि मौरीपालन सहयोगी  देखिएकोले रोङ गाउपालिकाले मोरी रिसर्च सेन्टर नै स्थापना गरेर मौरी पालन, मौरीपालन संबन्धि सिप बिकास गदै उपकरण समेत बिक्री बितरण समेत गराउन थालेको मौरी बिकास केन्द्र किटेनीका प्रमुख कुमार मोक्तनले बताए । 
अहिले सम्म रोङ गाउपालिकाको वडा नं १ बाहेक अन्य ५ बटा वडाहरुको किसानहरुइ समुहगत रुपमा तालिम दिइ सामाग्री समेत बितरण गरिएको छ तर सबै किसानलाइ उक्त कार्यक्रमले समेट्न नसकेको किसानहरुको भनाइ रहेको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता