ताप्लेजुङको जंगलमा मानव कंकाल फेला

ताप्लेजुङ, १६ बैशाखः मैवाखोला गाउँपालिका २ ढुंगेसाँघुको महावीर जंगलमा मानवकंकाल फेला परेको छ।  पुरुषको जस्तो देखिने मानवकंकाल फेला परेको ताप्लेजुङ प्रहरीले जानकारी दियो। मानव अस्थिपञ्जर (हड्डी) मात्र यत्रतत्र छरिएको अवस्थामा रहेको स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेको प्रहरी टोलीले घटनाको मुचुल्का उठाई मानवकंकाल सदरमुकाम ल्याइएको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाले बताए ।
डिएसपी थापाका अनुसार कंकाल हाल जिल्ला अस्पतालको शवगृहमा रहेको र अहिलेसम्म कोही पनि आफन्त सम्पर्कमा आएका छैनन्। अस्थिपञ्जर मात्र रहेको शवको पहिचान गर्नलाई कठिन भएकाले नीलो रङको जिन्स पाइन्ट, नीलै रङको टिसर्ट र गोल्डस्टार जुत्ता भएको आधारमा हुलिया दिई स्थानीय सञ्चारमाध्यमहरू मार्फत सूचना प्रशारण गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पूर्वेली न्यूजबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता