हुम्लामा फैलिएको रोगबाट मृत्यु हुनेको संख्या १० पुग्यो, २०० भन्दा बढी बिरामी

हुम्ला, १६ बैशाखः  हुम्लाको दक्षिणी क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा फैलिएको अपुष्ट रोगका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ ।
सो रोगका कारण हालसम्म २०० भन्दा बढी व्यक्ति बिरामी परेका छन् । हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण आज थप १ जनाको मृत्यु भएको छ। यो सहित ताँजाकोटमा मर्नेको संख्या १० पुगेको छ ।
आज मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका वडा नम्बर ५ भदौरा गाउँका का ६२ बर्से पवित्रा बोहोरा रहेकी छन्।
रोगका कारण हालसम्म मृत्यु हुनेमा ताँजकोट १ का ७० वर्षका कुशुमा रिठाल, ६० वर्षका सुरजित खड्का र ५५ वर्षका वीरदल रिठाल छन् । ५५ वर्षे रंगे कोली र पाँच वर्षका सुनकेस्रा सुनार, वडा नं ३ का ७० वर्षका अम्मकली मल्ल, ७५ वर्षका बज्जिरे सुनार, ५५ वर्षका लक्ष्य सुनार, १० महिनाका बालक सञ्जिव थापा रहेका छन् ।
सोमबार बिहान निधन भएकी ‍बोहोराको पनि यसै रोगका कारण मृत्यु भएको मौला स्वास्थ्यचौकीका अहेब जैशीले जानकारी दिए । न्युज २४ बाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता