आज सोमबार हेर्नुहोस् तपाईको राशिफल

श्रीशालिवाहनीय शकः १९४१,परिधावी नाम संवत्सरे,उत्तर अयने,बसन्त ऋतौ,कृष्ण पक्षे, वि.सं. २०७६ बैशाख १६ गते सोमबार,दशमी तिथौ (ईसवीय सन् अप्रिल २९,२०१९),नेपाल संवत ११३९,नक्षत्रः धनिष्ठा,करणः वणिज, योगःब्रम्हा,चन्द्र राशिः कुम्भ

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) — बोलिको प्रभावले सजिलैसँग अरुको मन जित्न सफल भइएला । आय आर्जनका बाटाहरु खुल्नेछन् ।  

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) — पेशा व्यवसायमा राम्रै आम्दानी गर्न सकिएला । शत्रुभय रहेको छ । अध्ययन अध्यापन कार्य सफल रहला ।   

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) — खानपानमा ध्यान पुर्याउनु पर्ने देखिन्छ । परिवारजनमा थोरै मतभेदको स्थिति आउन सक्छ । वैदेशिक क्षेत्र सामान्य रहला । 

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) — सामाजिक तथा धार्मिक क्षेत्रमा मन जाने देखिन्छ । आफन्तजनको सहयोगले नयाँ कामको थालनि होला । 

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) — आफ्नो कमजोरीहरुको फाइदा उठाउनेहरु बढ्नेछन् । कृषि क्षेत्रमा लाभ मिल्ने देखिन्छ । प्रेम सम्बन्ध बलियो बन्ला । 

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) — आज कन्या राशि हुनेहरुलाई भाग्यमा चमक आउने देखिन्छ । केहि धन लाभ होला । यात्राको अवसर जुट्न सक्छ । 

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) — कार्यक्षेत्रमा सानातिना झमेलाले सताउने देखिन्छ । मन चञ्चल रहला । पेटको समस्याले सताउन सक्छ । 

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) — सरकारी क्षेत्रमा सामान्य खटपटको स्थिति आउन सक्छ । आम्दानी भन्दा खर्च बढी हुने देखिन्छ ।  

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे) — धनु राशि हुनेहरुले आज बुद्धिले काम लिनु पर्ने देखिन्छ । पैतृक सम्पत्तिमा केहि झण्जटको सामना गर्नु पर्ला । 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) — प्रतिष्ठित व्यक्तिहरुबाट सहयोग मिल्ने देखिन्छ । घरमा धार्मिक कार्य सम्पन्न होला । 

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) — क्षमतामा बृद्धि होला । मन हर्षले गदगद होला । प्रेममा सफल हुने योग रहेको छ । 

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) — सौन्दर्यतामा मन जाला । आँटेको काम सफल रहला । परिवारजनबाट टाढा रहनु पर्दा मन खिन्न होला ।   

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता