बेवारिसे ब्यक्तिलाई समाजसेवी खड्काको सहयोग,एम्बुलेन्स मार्फत काठमाण्डौ पठाइयो

इलाम, १५ बैशाखः मानसिक सन्तुलन गुमाएर बेवारीसे बनेका एक ब्यक्तिलाई इलामबाट उद्दार गरी काठमाण्डौ लगिएको छ । युवा समाजसेवी डम्बर खड्काले काठमाण्डौ सम्मको एम्बुलेन्स खर्च उपलब्ध गराएपछी बेवारीसे अवस्थामा रहेका ब्यक्तिलाई आज काठमाण्डौ लगिएको हो । 
केही महिना देखी इलाम र बिब्ल्याटे बजार आसपासमा बस्दै आएका उनी दाहिने हातको सबै औला कुहिएर बिछिप्त अवस्थामा थिए । काठमाण्डौ लैजानु अघि उनलाई जिल्ला अस्पातल इलामका चिकित्सकले प्राथमिक उपचार गर्नुको साथै कपाल काटेर नयाँ कपडा लगाइदिएका थिए । इलाम नगरपालिका वडा नम्बर -४, बरबोटेका एक युवाले केही दिन अघि प्रहरीको   सहयोगमा बिब्ल्याटे आसपासबाट उद्दार गरी उनलाई अस्पातल पुर्याइएका थिए । अस्पातलमा उनको हातको प्राथमिक उपचार मात्र भएको थियो । हातमा पुरै किरा परी सकेकोले उनलाई थप उपचारको लागि जिल्ला बाहिर लानु पर्ने चिकित्सकले बताएका थिए । नाम ठेगाना समेत बताउन नसक्ने उनको उपचारमा समस्या भएपछी केही युवाले सामाजिक संजालमा सहयोग मागेका थिए । 
समाजसेबी खड्का, इलामका सहयोगी हातहरु लगायत केही स्थानिय युवाबाट आर्थिक सहयोग प्राप्त भएको सहयोगी हातका अध्यक्ष रतन चौधरीले बताउनुभयो । चौधरीका अनुसार काठमाण्डौ लगिएका उनको अब भक्तपुरमा रहेको अपना घर आश्रमले निशुल्क उपचार र हेरचाह गर्नेछ । चौधरी उक्त आश्रमको सल्लाकार समेत हुनुहुन्छ  । बिस २०७२ सालमा स्थापना भएको सो संस्थाले बेवारीसे अवस्थामा भेटिएका ब्यक्तिहरुको हेरचाह गर्दै आएको छ । 
     

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता