विराटनगर भन्सार नाकामा हुने आयात-निर्यात ठप्प

मोरङ । भारतीय सशस्त्र सीमा बल एसएसबीले भारतीय भन्सार एजेण्टलाई कुटपिट गरेको विरोधमा विराटनगर भन्सार नाकामा हुने आयात-निर्यात ठप्प भएको छ ।
आयात निर्यात ठप्प भएपछि विराटनगर भंसार कार्यालयमा दैनिक उठ्ने १४ देखि १५ करोड रुपैया भंसार राजस्व संकलन प्रभावित भएको छ । विराटनगर भंसार नाका भएर दैनिक करिब ३ सय मालवाहक सवारी साधनहरु नेपाल भित्रिन सकेका छैनन् ।
विराटनगरबाट खाली गाडीहरु आईसिपी हुदै भारत तर्फ जाने गरेकोमा बुधवारबाटै रोकिएको छ । गए राति एसएसबीका जवानले भारतीय भंसार एजेण्टलाई कुटपिट गरेका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता