अलैंची प्रशोधन र ललिपप उत्पादन सम्बन्धी ७ दिने तालिम इलामको बरबोटेमा समापन

इलाम, ३० जेठः अलैंची प्रशोधन  र ललिपप उत्पादन सम्बन्धी सात दिने  तालिम इलाम नगरपालिका ५ बरबोटेमा समापन भएको छ । 
तालिम नेपाल घरेलु तथा साना उद्योग महासंघ काठमाडौंको सहयोगमा नेपाल घरेलु तथा साना उद्योग महासंघ इलामको आयोजनामा भएको हो ।
अलैंची प्रशोधन तालिम इलाम नगरपालिका १ को नम्बर वडा कार्यालय नेपालटारमा र  ललिपप उत्पादन तालिम इलाम नगरपालिका ५ धारापानीमा ७ दिन सम्म सञ्चालन भएको थियो । अलैँची प्रशोधनमा १२ जना र ललिपप उत्पादनमा १३ जनाको सहभागिता रहेको थियो । 
सहभागीहरुलाई अलैची प्रशोधन केन्द्र फिक्कल पान्धामका वागवनी विकास अधिकृत प्रविणलाल श्रेष्ठ र नायब सुब्बा डिल्ली बोहोराले सहजीकरण गरेका थिए । ललिपप उत्पादन  तालिमको सहजीकरण इलाम ललिपप उद्योगका व्यवस्थापक चन्द्रबहादुर राइले सहजीकरण गरेका थिए  ।
आज इलाम नगरपालिका ५ को वडा कार्यलयमा दुवै तलिमको संयुक्तरुपमा भएको समापन कार्यक्रमका नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य ऋषी प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा समापन भएको थियो । कार्यक्रम नेपाल घरेलु तथा साना उद्योग महासंघ इलामका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षतामा भएको थियो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता