विश्वकप क्रिकेटः श्रीलंका विरुद्ध न्युजिल्याण्डको सहज जीत

इलाम, १८ जेठः विश्वकप क्रिकेट अन्र्तगत आज भएको खेलमा श्रीलंकालाई न्युजिल्याण्डले सहज जीत निकालेको छ । न्युजिल्याण्डले श्रीलंकालाई १० विकेटले जीतेको हो । टसहारेर पहिले व्याटीङको निम्तो पाएको श्रीलंका १३६ रनमा अलआउट भएको थियो  । श्रीलंकाले दिएको १३७ रनको झिनो लक्ष्य न्युजिल्याण्डले विना विकेटको क्षतिमा १६.१ ओभरमा पुरा गरेको हो । न्युजिल्याण्डका लागि ओपन द्वय मार्टिन गुप्टिलले र  कोलिन मुनरोले अर्धसतकिय पारी खेल्दै सतकिय साझेदारी गरे पछि सहज जित निकोलेको हो । गुप्टिलले नटआउट ७३ रन बनाए उनले आफ्नो विष्फोटक पारीमा ५८ बल खेल्दै २छक्का र ८ चैका लगाए । अर्का ओपनर मुनरोले आफ्नो ४७ बलको पारीमा १ छक्का र ६ चौकाको मद्दतले  ५८ रन बनाए । 
यस अघि टसहारेर पहिले व्याटीङको निम्ता भएको श्रीलंकाले २९.२ ओभरमा सवै विकेट गुमाएर न्युजिल्याण्डलाई झिनो १३७ को लक्ष्य दिएको छ । न्युजिल्याण्डको धारीलो वलिङमा श्रीलंकाका तीनजना व्याट्समेनले मात्र दोहोर अंकको रन बनाउन सके । कप्तान दिमुथ कुरुनरत्नेले अर्धसतक बनाए उनले ८४ बल खेल्दै ४ चैकाको मद्दतले नटआउट ५२ रन बनाए ओपनिङमा आएका उनलाई दास्रोछोरबाट कसैको पनि राम्रो साथ दिएर साझेदारी नहुँदा श्रीलंका १३६ रनमा समेटिएको हो । श्रीलंकाका लागि कुसल परेराले २९ र थिसरा परेराले २७ रन बाहेक अन्य व्याट्समेनले दोहोर अंक कटाउन सकेनन् । श्रीलंकाका ३ जना व्याट्मेन शुन्यमा आउट भएका थिए । 
न्युजिल्याण्डका लागि माट हेनरी र  लकी र्फगुसनले समान तीन तीन विकेट निकाले भने ट्रेन्ट बोल्ट, जिम्मी निशाम, कोलिन डे ग्रान्डहोम र मिचेल सान्टनरले समान एकएक विकेट लिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता