सूर्योदय मेयर कपः इलमको देउमाईलाई हराउँदै झापको मेचीनगरले उचाल्यो उपाधि

इलाम १८ जेठः इलाममा सम्पन्न सूर्योदय मेयर कप फुटबल प्रतियोगिताको उपाधि झापाको मेची नगर नगरपालिकाले हात पारेको छ ।
सूर्योदय नगरपालिकामा शनिबार सम्पन्न फाईनलमा मेची नगरले ईलामको देउमाई नगरपालिकालाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
उपाधिसँगै मेची नगरले २ लाख र दोस्रो भएको देउमाईले १ लाख रुपैँया पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट किप्पर घोषित भएका आयोजक सुुर्योदय नगरपालिकाका विशाल खामीले ८ हजार र उत्कृष्ट खेलाडी घोषित भएका देउमाईका रोहित राईले पनि ८ हजार रुपैँया पुरस्कार प्राप्त गरे ।
यसैगरी, सर्वाधिक गोल गरेका देउमाईका कर्ण लिम्बु र मेचीका खामिर गिल्जन कन्दङवालाई समान ४ हजार रुपैँया प्रदान गरिएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता