युरोपियन च्याम्पियन्स लिगकाे उपाधि लिभरपुललाई

काठमाडाैं । युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि लिभरपुलले जितेको छ । गएराति भएको फाइनल खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धि टोटेनहमलाई आइतबार २–० ले हराउँदै लिभरपुल छैटौं पटक च्याम्पियन्स लिग विजेता बनेको हो । लिभरपुलले पछिल्लो पटक सन् २००५ मा च्याम्पियन्स लिग उपाधि जितेको थियो ।
लिभरपुललाई च्याम्पियन बनाउनका लागि मोहम्मद सलाह र परिवर्तित डिभोकओरिगीले गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले खेल सुरु भएको दोस्रो मिनेटमै पेनाल्टी गोलबाट अग्रता लिएको थियो । साडियो मानेको क्रसमा बल माउसा सिसोकोले ह्यान्ड गरेपछि पाएको पेनाल्टीमा मोहमद सालाहले गोल गरेर टिमलाई १–० को अग्रता दिलाएका थिए ।
पहिलाे हाफमा एक गाेलकाे अग्रता लिएकाे लिभरपुलले दाेस्राे हाफमा पनि एक गाेल थप्याे । दोस्रो हाफमा टाेटेनहम खेलमा फर्किन आक्रामक खेले पनि गाेल गर्न सकेन । टोटनह्यामले लगातार लिभरपुलको पोस्टमा आक्रमण गरे पनि ब्राजिलियन गोलकिपर एलिसन बेकरले उत्कृष्ट बचाउ गर्दै टोटनह्याम गोल गर्न असफल भयो ।
८७औं मिनेटमा लिभरपुलका लागि सब्सिच्युट खेलाडी डिभोग ओरिगीले गाेल गर्दै जित पक्का बनाए । ओरिगी ५८ औं मिनेटमा रोर्बेटो फर्मेनोको स्थानमा मैदान प्रवेश गरेका थिए । डिभोगले सेमिफाइनलमा बार्सिलोनाविरुद्ध ४–० को जित निकाल्दा २ गोल गरेका थिए ।
अन्तिम समयमा २–० ले पछि परेको टोटनह्यामले त्यसपछि गोल गर्न सकेन । र, सहज जितसहित उपाधि लिभरपुलले जित्यो ।
लगातार दोस्रो वर्ष लिभरपुलले च्याम्पियन्स लिग फाइनल खेलेको थियो । गत वर्ष टोली रियल म्याड्रिडसँग पराजित भएको थियो । टोटेनहमले पहिलो पटक च्याम्पियन्स लिग फाइनल खेलेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता