विश्वकप क्रिकेटः दक्षिण अफ्रिका र बंगलादेश भिड्दै

इलाम, १९ जेठः विश्वकप क्रिकेट अन्तर्गत आज बंगलादेशले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ । लन्डनमा आज दिउँसो नेपाली समय अनुसार ३ः१५ मिनेटमा खेल शुरु हुने छ । 
तुलनात्मक रुपमा बंगलादेशभन्दा दक्षिण अफ्रिका बलियो टिम हो । यसअघिका यि दुई टीमको ५ भेटमा तीन खेल दक्षिण अफ्रिका र दुई खेल बंगलादेशले जीतेको भए पनि २०१५ पछिका खेलमा बंगलादेशले दक्षिण अफ्रिकालाई हराउन सकेको छैन । 
यो दक्षिण अफ्रिकाको दोस्रो खेल हो । पहिलो खेलमा दक्षिण अफ्रिका आयोजक इंग्ल्यान्डसँग १०४ रनले नराम्रोसँग पराजित भएको थियो । बंगलादेशको लागि भने यो पहिलो खेल हो । दक्षिण अफ्रिका आफ्नो दोस्रो खेलमा जित हात पार्ने लक्ष्यका साथ मैदानमा उत्रिँदैछ । त्यस्तै, बंगलादेश पनि आफ्नो पहिलो खेलमै दक्षिण अफ्रिकालाई पराजित गर्दै विश्वकपमा सुखद् शुरुवात गर्न चाहन्छ ।
दक्षिण अफ्रिकासँग कप्तान फाफ डु प्लेसिस, हसिम अमला, डि कक, जस्ता राम्रा व्याट्समेन छन्  भने   जेपी डुमिनी, डेभिड मिलर जस्ता अलराउण्डर छन्,  इमरान ताहिर अनुभवी खेलाडी पनि छन् । कप्तान मश्रफे मोरटाजा, लिटोन दास, महमुदुल्लाह, जस्ता व्याट्समेन रहेका छन् भने शकिव अल हसन जस्ता अनुभवी अलराउँडर छन् । बंगलादेशसँग रुबेल हुसेन मुश्फिम्यर रहिम जस्ता घातक बलरहरु पनि छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता