
बैशाख–२९ गते हिलिहाङ गाँउपालिका–४ कात्तिके भन्ने ठाँउमा १५ बर्षीया शितल योङयाको घाँटी रेटेर हत्या भएको थियो। हत्याका मुख्य योजनाकार तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी अनिल पौडेलले पुष्टि गरे। घटना भएको २१ दिन पछि प्रहरीले मुख्य योजनाकारलाई पक्राउ गरेको हो।
जिल्लामा निर्मम रुपमा भएको हत्यामा संलग्न मुख्य अभियुक्तको खोजिमा विभिन्न ठाँउबाट २१ जनाको प्रहरी टोली विभिन्न ठाँउमा खटाएको पाँचथरका डिएसपि नरेन्द्र कुवँरले जानकारी दिए। किसोरीको हत्या गरेर फरार रहेका आरोपीको खोजी प्रहरीलाई टाउको दुखाइ बनेको थियो। हत्यामा संलग्न भएका मध्ये फाल्गुनन्द–२ का भगिरथ बास्तोलालाई घटना भएको भोलिपल्ट पक्राउ गरिए पनि मुख्य योजनाकार रहेका तामाङ भने फरार रहेका थिए। आरोपित व्यक्ती पहिचान भए पनि पक्राउ पर्न नसकेपछि प्रहरीले ठुलो जनशक्ति परिचालन गरेको थियो।
खोजीमा सादा पोशाकका प्रहरी परिचालन गरिएको थियो। तामाङको प्रेमीका रहेकी योङहाङसँग असमझदारी हुँदा हत्या भएको हुन सक्ने आशंका गरिएको छ। 'आफूले समातेको र पदमले घाटि रेटेको' भनी यसअघि बाँस्तोलाले प्रहरीसँग को बयानमा बताएका थिए।
नागरिक न्युजबाट साभार