विश्वकप क्रिकेटः बंगलादेशले राख्यो दक्षिण अफ्रिका सामु ३३१ रनको लक्ष्य

इलाम, १९ जेठः विश्वकप क्रिकेट अन्तर्गत आज बंगलादेशले  दक्षिण अफ्रिकासामु ३३१ रनको विशाल लक्ष्य राखेको छ । बंगलदेशले ५० ओभरमा ६ विकेटको क्षतिमा ३३० रन बनाएको हो । 
बंगलादेशका लागि विकेटकिफर व्याट्समेन मुश्फिक्यर रहिमले सर्वाधिक ७८ रन बनाए । शकिवअल हसनले ७५ रन महमुदुल्हाले नटआउट ४६ रन, सौम्या सरकारले ४२ रन, बनाए । दक्षिण अफ्रिकाका लागि इमरान ताहिर, क्रिस मोरिस र एन्डिल फेहलुकवाओले समान २÷२ विकेट लिए ।  विश्व स्तरीय बलर कागिसो रवडाले कुनै विकेट लिन सकेनन् । 
टस हारेर फिल्डिङ रोजेको साउथ अफ्रिकालाई बंगलदेशले दिएको ३३१ रनको लक्ष्य पिछा गर्न निकै मुस्कील हुने अनुमान गरिएको छ । दक्षिण अफ्रिकाका लागि अनुभवी व्याट्समेन हासिम अमला चोटका कारण आजको खेलमा छैनन् । अफ्रिकाका लागि अमला नहुनु निकैनी ठूलो क्षति हो । अफ्रिाका अनुभवी वलर डेल स्टेनपनि खेलमा नहुँदा वलिङमा पनि मुस्किल बेहोरी रहेको छ । पहिलो खेलमा १०४ रनको हार  भुलाउँदै आज व्याटिङको जिक्मा ओपनर डि कक र कप्तान डु प्लेसिसमा रहने छ । उनीहरुले टीकेर खेल्न सके अन्त्यमा मिलर म्याज विनिङ पारी खेल्ने अनुमान लगाउन सकिन्छ । 
खेललाई आफ्नो पक्षमा पर्नको लागि बंगलादेशले राम्रो वलिङ गरेर दक्षिण अफ्रिकाको टप अडरलाई असफल पर्न जरुरी छ । बंगलादेशसँग पनि निकै राम्रा बलरहरु छन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता