विश्व फोर जीको दैडमा दैडिदैगर्दा इलामका रोङबासी फोन सेवाबाटै बञ्चित

  • गोबिन्द पौडेल 

रोङ १९ जेठः इलाम भनेपछि सुगम र बिकसीत होला भनेर सबैले मानेका छन् तर यहाको कतिपय ठाउहरुमा अहिलेपनि सामान्य फोन लाग्दैन सुन्नेहरुले पत्याउदैन तर सत्य हो ।
पूबी इलाको रोङ गाउपालि वडा नं २ को बरफल्याङ, दुधे, झटारे गाउँका नागरिकहरु मोवाइल बोकेर डाडामा जानु रहर होइन बाध्यता हो । 
यहाँ नेपाल टेलीकमको मात्र हैन जतातै सेवा बिस्तार गरेको एनसेलले पनि काम गर्दैन , यहाको अवस्थाबारे नेपाल टेलीकम क्षेत्रीय कार्यलयसम्म अनुरोध गरेको भएपनि अहिलेसम्म केही नभएको रोङ २ का वडाध्यक्ष टेक बहादुर तामाङ्गले बताए । 
यहाँ मात्र हैन नेपाल टेलिकमले निमार्ण गरेको रोङ्ग ३ को चन्द्रकला आधारभुत बिद्यालयबाट जिर्मलेको काउले डाडा, कोल्बुङ्गको भालुझोडा र कोल्बुङ्गकै पाथीभराको थुम्कोको बिटिएस टावर नजिकै देखिन्छ । फोन लाग्दैन रोङ्ग ३ का वडाध्यक्ष मात्रिका बरालले बताए । बरालका अनुसार रोङ ३ को मार्से फेदी, ढोडेनी, मजुवा खमारे लगायतको कतिपय गाउबाट पनि फोन गर्न सकिदैन । 
 यो त उदहारण मात्रै हो कतिपय बिटिएस जडान गरिएको गाउकै आसपासका नागरिकहरु पनि सामान्य संचार सेवाबाट बञ्चित रहे छन् । सुचना र प्रबिधिले संसारलाइ सागुरो बनाइरहदा इलामजस्तो सुबिधा सम्पन्न र मुलुक हाक्ने नेताहरु रहेकै गाउका नागरिकहरुले एक्काइसौ शताब्दीमा पनि यस्तो नियती भोग्नु परेको नागरिकहरुको गुनासो रहेको छ । यसबारेमा नेपाल टेलिकम इलाममा संपर्कगर्दा आवश्यक्ता अनुसार बिटिएस टावर बनाउने काम क्षेत्रिय निर्देशनालयले  गर्ने गरेको तर टावर आसपासमानै  नागरिकहरु सवाबाट बञ्चिित रहेको भइ यसको लिखित बिबरण प्राप्त भएमा आफुहरुटावरमा गएर सेवा नपाएका स्थानमा सेवा प्रदान गर्न सकिने   कार्यलय प्रमुख संजिव घिमिरेले बताए । टेलिकमले यस्तो सेवा बिस्तार गर्ने कार्य गर्न तयार रहदा स्थानिय सरकाले पनि आफ्नो क्षेत्रर टोलमा रहेको समस्याको बारेमा तत्काल आधिकारीक जानकारी गराएर सेवा बिस्तारमा सहयोग गर्नुपर्ने  नागरिकहरुको अपेक्षा रहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता