माईभ्यालीले ग¥यो गोल्डकपको आयव्यय सार्वजनिक

इलाम, १९ जेठः  इलामको ठूलो टुँडिखेलमा  गत फागुन २६ देखि चैत ५ गतेसम्म सञ्चालन भएको पाँचौ  माईभ्याली अन्तराष्ट्रिय आमन्त्रीत गोल्डकपको आय व्ययय सार्वजनिक गरेको छ ।
क्लबले प्रतियोगिता सकिएको  तीन महिना भन्दा पछि  आयब्यय सार्वजनिक गरेको हो । क्लबले गोल्डकपमा ६४ लाख ८३ हजार ३३३ रुपैंयाँ आम्दानी गरेको र  ६८ लाख ८९ हजार ४ सय ७१ रुपैंयाँ खर्च भएको क्लबका कोषाध्यक्ष कमल सुबेदीले पत्रकार सम्मेलनमा जानकारी गराए । 
क्लबले अझैपनि  दाताहरुले दिन्छु भनेर भनेको  २१ लाख ३२ हजार रुपैंयाँ उठ्न बाँकी  छ भने ४ लाख ४३ हजार ७ सय ८९ रुपैंयाँ र्तिन  बाँकी छ रहेको पनि पत्रकार सम्मेलनमा सुवेदीले जानकारी गराए । 
सम्पूर्ण रकम उठीसक्दा क्लब १७ लाख २५ हजार ८ सय ६२ रुपैंयाँ नाफामा जाने अध्यक्ष धिरेन चेम्जोङले  बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता