उपमेयरको आरोप बदनियतपुर्ण भएको इलाम नगरालिकाकाको भनाई

इलाम, १९ जेठः इलाम नगरपालिकाका उपमेयर शुसिला नेम्बाङले मेयर महेश बस्नेत तथा इलाम नगर कार्यपालिका प्रति लगाएको आरोपको इलाम नगर कार्यपालिकाको बैठकले खण्डन गरेको छ । आइतबार बसेको नगर कार्यपालिकाको बैठकले उपमेयर नेम्बाङले मेयर बस्नेत लक्षित विभिन्न आरोपहरु तथा बदनियतपुर्वक गरेको विज्ञप्तीको भत्र्सना गर्दै सबै आरोपहरु लाञ्छना लगाउने कार्य भएको पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ । 
उपमेयर नेम्बाङले गत जेठ १७ गते एक विज्ञप्ती जारी गर्दै मेयर बस्नेत र तत्कालिन प्रमुख प्रशासकिय अधिकृत महेन्द्रकुमार ख्याम्याङले तानाशाही शैलमिा उपमेयरको दिग्दर्शन (परिपत्र)ले दिएको अधिकार कटौती गरेको, विभिन्न योजनाहरु आफ्ना मान्छेलाई मात्र दिने, न्यायिक समितिलाई धराशायी बनाएको आरोपहरु लगाएकी थिईन ।
यता इलाम नगर कार्यपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय तह संचालन ऐन अनुसार नैं उपमेयरको कार्यहरु संचालन गर्न छुट दिएको, स्थानीय राजस्व परामर्श समितिका संयोजक उपप्रमुख हुने व्यवस्था अनुसार नैं काम भईरहेको जनाइएको छ । स्थानीय तह संचालन गर्ने ऐनमा कसको काम के हो भन्ने निदृष्ट गरेको हुनाले कसैको कार्यक्षेत्रमा हस्तक्षेप नहुने मेयर बस्नेतको भनाई रहेको छ । 
यता कार्य व्यस्तताको कारण न्यायिक समितिका सदस्यद्धय माधव भट्टराई र श्यामकृष्ण घिमिरे दिएको राजिनामा स्वीकृत गर्न पनि कानुनी समस्या रहेकोले आगामी नगर सभामा राजिनामा बारे छलफल समेत गरिने जानकारी गराईएको थियो । यता उपमेयरले इलाम नगर कार्यपालिकाको नगर सभा र बैठकहरु बहिस्कार गर्दै आईरहेकी छिन् ।
यो पनि हेर्नुहोस् 
माग सुनुवाई नभए इलाम नगरालिकाको मेयरको कार्यकक्षमा ताला लगाउँछुः न्यायीक संयोजक नेम्बाङ्ग 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता