इलामवासीको लागि हिमाल दोलखा हाइड्रोपावरको आइपीओ खुल्यो, कहाँ कसरी दिने आवेदन ?

इलाम, १९ जेठः : हिमाल दोलखा हाइड्रोपावर कम्पनीले मंगलबार (जेठ १४ गते) देखि स्थानीय बासिन्दाका लागि आइपीओ खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ लाख कित्ता आइपीओ आयोजना प्रभावित क्षेत्रका लागि बिक्री खुला गरेको हो ।
आयोजनाको अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडा नं ९, १० र माई नगरपालिका वडा नं ९ का बासिन्दा तथा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानिय बासिन्दाले यस आइपीओमा आवेदन दिन सक्नेछन् । हिमाल दोलखाले जारी गरेको यो आइपीओमा छिटोमा जेठ २८ गतेसम्म आवेदन दिन सकिन्छ ।
 यद्दपि, यो समयमा आइपीओ बिक्री नभएमा असार १३ गतेसम्म बिक्री खुल्ला हुनेछ । हिमाल दोलखाले हाल जारी पुँजी १ अर्ब ६० करोड रुपैयाँको १०% सेयर स्थानीयका लागि जारी गरेको हो । यसमा सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।
 यस आइपीओमा लगानीकर्ताले लक्ष्मी बैंक (चोक बजार–इलाम), एभरेष्ट बैंक (फिक्कल–इलाम), सिद्धार्थ बैंक (इलाम), सेन्चुरी बैंक (भानुपथ–इलाम), ग्लोबल आइएमई बैंक (फिक्कल–इलाम),  माछापुच्छ्रे बैंक (इलाम), एसबीआई बैंक (इलाम) र आयोजना स्थल इलाम नगरपालिका वडा नं ९ र १० बाट आवेदन दिन सकिन्छ । साथै, सी–आस्वा सेवा प्रप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।
 क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । हिमाल हाइड्रोको केन्द्रीय कार्यालय कालोपुल, काठमाडौंमा रहेको छ । इलाममा हिमालका दुई वटा आयोजना निर्माणधीन छन् । जसमा माई खोला स्मल हाइड्रोपावर ४.५५ मेगावाट र माई खोला स्मल क्यास्केड हाइड्रोपावर ८ मेगावाट छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता