विश्वकप क्रिकेटः दक्षिण अफ्रिका बंगलादेशसँग पराजित

इलाम, १९ जेठः विश्वकप क्रिकेट अन्तर्गत आइतबारभएको खेलमा दक्षिण अफ्रिका बंगलादेशसँग २१ रनले पराजित भएको छ ।  टसहारेर पहिले व्याटीङ गर्दै बंगलादेशले दक्षिण अफ्रिकासामु ३३१ रनको विशाल लक्ष्य राखेको थियो । बंगलदेशले ५० ओभरमा ६ विकेटको क्षतिमा ३३० रन बनाएको थियो । जवाफमा दक्षिण अफ्रिकाले पुरै  ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा ३०९ रन मात्र बनायो ।  
दक्षिण अफ्रिकाका लागि कप्तान फाफ् डु प्लेसिसले एक मात्र अर्धसतकिय पारी खेल्दै ६२ रन बनाए अन्य कुनै पनि खेलाडीले अर्ध सतक बनाउन सकेनन् । ओपनर डि ककले २३ रन अर्का ओपनर ऐडन मारक्रम ४५ रन  बनाए । डेभिड मिलरले ३८ रन रसिइ भान डेर डुसेनले ४१ रन, जेपी डुमिनीले ४५ रन बाहेक अन्यले त्यती राम्रो स्कोर बानउन सकेनन् । दक्षिण अफ्रिकका व्याट्समेनहरुलाई स्टाटीङ मिले पनि त्यसलाई लामो परिमा वदलन नसक्दा हार बेहोर्नु परेको हो । 
वलितर्फ बंगलादेशको लागि मुश्फिक्यर रहिमले ३ विकेट निकाले त्यस्तै मोहम्मद सइफुदिले २ विकेट र शकिव अल हसन र मेहिदी हसनले समान एकएक विकेट निकालेका थिए । 
यसअघि बंगलादेशका लागि विकेटकिफर व्याट्समेन मुश्फिक्यर रहिमले सर्वाधिक ७८ रन बनाए । शकिवअल हसनले ७५ रन महमुदुल्हाले नटआउट ४६ रन, सौम्या सरकारले ४२ रन, बनाए । दक्षिण अफ्रिकाका लागि इमरान ताहिर, क्रिस मोरिस र एन्डिल फेहलुकवाओले समान २÷२ विकेट लिए ।  विश्व स्तरीय बलर कागिसो रवडाले कुनै विकेट लिन सकेनन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता