जिल्लाको सुरक्षामा कुनै पनि कसुर बाँकी राख्ने छैनौँः उपरिक्षक हिराबहादुर पाण्डे

इलाम, २० जेठः इलाम जिल्ला प्रहरी कार्यालयमा प्रमुख प्रहरी उपरिक्षक माधव प्रसाद श्रेष्ठको विधाईसँगै नयाँ प्रहरी उपरिक्षक  प्रहरी हेडक्वाटरबाट प्रहरी उपरिक्षक हिराबहादुर पाण्डे आएका  छन् । आज पत्रकारहरु सँग कुरा गर्दै उनले जिल्लाको सुरक्षामा कुनै पनि कसुर बाँकी नराख्ने वताएका छन् । उनले पहिले देखि भईरहेका काम कारबाहीहरुलाई निरन्तरता पनिदिने वताएका छन् । 
जिल्लामा हुने अवैध गतिविधि नियन्त्रणमा पनि लाग्ने वताएका छन् । प्रहरी हेडक्वाटरबाट आएका उनले अनुशन्धान विभागमा पनि काम गरिसकेकोले इलाममा पनि आफ्नो अनुभव अनुसार कामगर्ने उनले परिचयात्मक कार्यक्रममा वताएका हुन । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता