सामाजिक अगुवा ढुंगाना इलामको मंगलबारेमा सम्मानित

इलाम २० जेठः इलाम मंगलबारे वजारका सामाजिक अगुवा जनकलाल ढुंगानालाई आज सम्मान गरिएको छ । देउमाई नगरपालिका ४ मंगलबारेका सामाजिक ब्यत्तित्व जनकलाल ढुंगानालाई सम्मान गरिएको हो । देउमाई ननगरपालिका वडा नम्वर ४ (वडा कार्यालय) ले ढुंगानाले देउमाई नगरपालिकाको विकासका लागि पु¥याएको योगदानको उच्च कदर गर्दै सम्मान गरेको वडाअध्यक्ष राजेन्द्र वाँस्तोलाले जानकारी दिए । 
साविक फाकफोक गाविसबाट मंगलबारे आई २०६४ साल देखि निरन्तर मंगलबारे बजार खानेपानी उपभोक्ता समितिको अध्यक्ष भई बजारमा आधुनिक फिल्टर टयाङ्कंी सहितको शुद्ध खानेपानी बिस्तारमा महत्वपूर्ण योगदान पुरयाउनु भएको भन्दै ढुंगानालाई सम्मान पत्र सहित खादा र अविर लगाएर सम्मान गरिएको थियो । उनलाई देउमाई नगरपालिकाका मेयर सूर्यप्रसाद पोख्रेल, वडाध्यक्ष वाँस्तोला, वडा नम्वर पाँचका वडाअध्यक्ष दिलिप कार्की लगायत कार्यक्रमका अतिथीहरुले सम्मान गरेको वताइएको छ । कार्यक्रममा बोल्दै मेयर पोख्रेलले सामाजिक कार्यमा खटेका ढुंगानाले त्यो बेला जुन सोच राखेर काम गरे त्यसले गर्दा हाल मंगलबारे वजार वासीले शुद्ध पिउने पानी उपभोग गर्न पाएको वताए । 
देउमाई नगरपालिका वडा नम्बर ४ का अध्यक्ष राजेन्द्र बास्तोलाको अध्यक्षता तथा नगर प्रमुख सूर्य पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिनन वडाका वडाध्यक्ष सहित स्थानीय ब्यवसायीको उपस्थिती रहेको थियो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता