विश्वकप क्रिकेटः पाकिस्तानले राख्यो इंग्ल्याण्ड सामु ३४९ रनको विशाल लक्ष्य

इलाम, १९ जेठः विश्वकप क्रिकेट अन्तर्गत आजको खेलमा इंग्ल्याण्डसामु पाकिस्तानले ३४९ रनको विशाल लक्ष्य राखेको छ ।  टसहारेर पहिले व्याटीङ गर्दै पाकिस्तानले इंग्ल्याण्डसामु ३४८ रनको बनाएको हो । पाकिस्तनले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३४८ रन बनाएको हो  ।
पाकिस्तानको लागि मोहम्मद अफिजले सर्वाधिक ८४ रन बनाए उनले ६२ बल खेल्दै २ छक्का र ८ चौका लगाए । पाकिस्तानले राम्रो शुरुवात गर्दै पहिलो विकेटको लागि ८२ रनको साझेदारी गरेको थियो । ओपनर फखर जमानले ३६ रनबनाए अर्का ओपनर इमाम उल हकले ४४ रन बनाए । पकिस्तानका निकै भरोसावन व्याट्समेन बाबर आजमले अर्धसतकिय पारी खेल्दै ६२ रन बनाए । असिफ अलीले १४ रन बनाए । कप्तान सर्फराज अहमदले निकै आक्रमक पारी खेल्दै ४४ बलमा ५५  रन बानाए सोयव मल्लीकले ८ रन वाहव रियाजले  ४ रन, हसन अलि र सादव खानले समान  नटआउट १० रन बनाए । 
वलिङ तर्फ अलराउण्डर स्पीन बलर मोइन अली र क्रिस वेकसले समान ३÷३ विकेट निकोले भने मार्कवोटले २ विकेट लिए । इंग्ल्याण्डका फास्ट बलरहरुले आफ्नो होम ग्राउण्डको फाईदा उठाउन सकेनन् । पाकिस्तानले अन्त्यको ५ ओभरमा विकेट जोगाउन सकेन उसले अन्त्यको ५ ओभरमा ४ विकेट गुमाएर ५१ रन जोड्यो । यसअघि आफ्नो पहिलो खेलमा पाकिस्ता वेस्ट इन्डिजसँग ७ विकेटले पराजित भएको थियो पहिले व्याटिङ गर्दै १०५ रनमा अलआउट भएको थियो । इंग्ल्याण्डले भने आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई १०९ रनले पराजित गरेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता