इलाममा अन्तर विद्यायलय क्रिकेट प्रतियोगिता शुरु: उद्घाटन खेलमा जुविलेन्ट विजयी

इलाम, २० जेठः इलामको ठूलो टुँडीखेलमा आजबाट शुरु भएको अन्तर विद्यालय क्रिकेट प्रतियोगीतामा जुविलेन्ट इलाइट एकाडेमीले विजयी शुरुवात गरेको छ । 
जुविलेन्टले इलाम विद्यामन्दिरलाई ४ विकेटले जितेको हो । टस जितेर इलाम विद्यामन्दिरलाई व्याटीङको निम्तो दिएको जुविलेन्टले विद्यामन्दिरलाई ५४ रनमा अलआउट गरेको थियो । 
५५ रनको लक्ष्यको पछियाएको जुविलेन्टले ६ विकेट गुमाउँदै ९ओभरमा पुरागरेको थियो । जुविलेन्टा गोविन्द आङदाम्वे मेन अफ द म्याज भए उनले विद्या मन्दिरको ५ विकेट निकोलेका थिए । जीतसँगै जुविलेन्ट क्वाटर फाइनलमा प्रवेश गरेको छ । प्रतियोगित अन्र्तगत भोली दुई खेल हुनेछन् पहिलो खेल विहान ८ वजे सुनाखरी विरुद्ध आदर्श मावि र दोस्रो खेल १२ः३० मा मन्टेश्वरी र ग्रिन भ्याली एकाडेमी विच हुने आयोजकले माइपोखरी न्युजलाई जानकारी दिएका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता