माग सुनुवाई नभए इलाम नगरालिकाको मेयरको कार्यकक्षमा ताला लगाउँछुः न्यायीक संयोजक नेम्बाङ्ग

इलाम, १७ जेठः इलाम नगर पालिकाकी उपप्रमुख शुशीला नेम्बाङ्गले आफ्नो अधिकार क्षेत्रमा प्रमुख महेश बस्नेतले हस्तक्षेप गरेको आरोप लगाउँदै उपप्रमुखको अधिकार ससम्मान प्रयोग गर्न नपाएमा ससक्त आन्दोलन गर्ने चेतावनी दिएकी छन् । शुक्रबार न्यायीक समितिको सचिवालयमा पत्रकार सम्मेलन आयोजना गरि उनले विज्ञप्ती समेत जारी गरिन । प्रमुखले एकल र तानाशाही शैली अपनाएको भन्दै उपप्रमुख नेम्बाले विगत ६ महिनादेखि नै आफूले कार्यपालिका वैठक बहिस्कार गरि मौन रुपमा आन्दोलन गर्दै आएकोमा अवचाहि ध्यान आकर्षण नभए प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने जानकारी दिइन् ।  
स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४ अनुसार बजेट तथा कार्यक्रम तर्जुमा समिति उपप्रमुखको संयोजकत्वमा गठन हुने व्यवस्था भएकोमा त्यसलाई परिवर्तन गरी मेयर बस्नेत र तत्कालीन प्रमुख प्रशासकिय अधिकृत महेन्द्र खाम्याहाड।ले इलाम नगरपालिका , इलामको योजना तथा बजेट तर्जुमा नियमावली, २०७४ निर्माण गर्दा उपमेयरमा निहित उक्त अधिकार आफूमा लिएको बताइन् । नगरको उक्त नियमावलीमा बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक प्रमुखलाई तोकिएको छ । स्थानीय शासन संचालन ऐन र संवैधानिक व्यवस्था विपरित मेयर बस्नेतले उपप्रमुखको अधिकार खोसेको उपप्रमुख नेम्बाडको भनाई छ । 
 सँगै चुनाव जितेर आइको उपप्रमुखलाई आफ्नै नगरपालिकामा शरणार्थी भएर बस्न बाध्य बनाउने मेयर बस्नेतको तानाशाहि प्रवृतिको चरम सीमा भएको उनले विज्ञप्तीमा उल्लेख गरेकी छन् । इलाम नगर पालिकाको बैठकमा प्रमुखले जे ल्याउँछन् त्यहि रुपमा पास गर्ने प्रवृति रहेको र आफूहरु चाहि भत्ताका लागि गएजस्तो मात्र भएकाले बैठक आफूले बहिस्कार गरेको आरोप लगाइन् । यस्तो प्रवृति मैले कहि कतै पाएको थिइन इलाम नगरपालिकामा यस्तो छ । उनले भनिन् । अरुलाई न्याय दिलाउने ठाउँमा रहेकी म आफै अन्यायमा परेकी छु भनेर सयौ पटक आफ्नो पार्टि ने क पा का अध्यक्षलाई भनेको भएपनि उल्टो प्रमुखको कुरा मात्र पार्टिमा  सुनुवाई भएको उपप्रमुख नेम्बाड।को भनाई छ । जनतालाई देखाउनका लागि मात्र गतसाल आफूले बजेट बाचन गरेको सुनाउँदै उनले अव आफ्नो संयोजकत्वमा बजेट तर्जुमा नभए ससक्त आन्दोलन गर्ने बताइन् । 
 प्रमुख महेश बस्नेतले असिमित रुपमा एकाधिकार प्रयोग गरि पहँच हुने एकै व्यक्तिलाई दुइ तीन कार्यmत्रम दिएका पहँच नहुनेलाई एक पनि कार्यक्रम नदिएको र नगरपालिकाको सम्पत्ति व्यक्तिगत जस्तो गरि प्रयोग गरीएको आरोप समेत लगाइन् । आफ्ना मान्छेलाई प्रमुखले धरौटी बेगर नै कार्यक्रम दिएको अन्यलाई कार्यक्रम नदिएको बताइन् । आफ्नो संयोजकत्वमा रहेको  न्यायीक समितिलाई कुनै पनि बजेट नराखिकन र कर्मचारीको समेत व्यवस्था नगरिएको उनले आरोप लगाइन् । नगरपालिकाको नयाँ कार्यालय भवनमा न्यायीक समितिको कार्यकक्ष व्यवस्था गर्न पटक पटक भनेको तर माग सुनुवाई नभएको उपप्रमुख नेम्बाड।को आरोप छ । 
न्यायिक समितिमा उजुरी प्रशासक र अभिलेख प्रशासक हुनुपर्ने व्यवस्था रहेको छ । उक्त समितिका  सदस्य रहेका दुइ जना वडाध्यक्षहरु माधव भट्टराई र श्यामकृष्ण घिमिरेले कार्यव्यस्तता जनाउँदै राजिनामा दिएको बताइएको छ ।  प्रमुख बस्नेत र उपप्रमुख नेम्बाड।बीच नगरको पहिलो बजेट तर्जुमा क्रममै खटपट चुलिएको थियो । उनले आफ्नो अधिकार कटौति भएको भन्दै प्रमुखलाई ठाडो रुपमा चुनौति दिएकी थिइन् । अहिल प्रमुख सँग बोलचाल नै नभएको अवस्थामा नगरले बजेट निर्माण र वडा स्तरमा योजना छनौटलाई अगाडि बढाएको छ । उपप्रमुखले आफ्नै वडामा समेत जानकारी नगराई योजना तर्जुमा गरिएको बताइन् ।
 शुरुमा आफूलाई प्रमुखले थोत्रो गाडि चढ्न दिएर आफू चाहि छानी छानी चार वटा गाडि चढेको नेम्बाड।ले आरोप लगाइन् । जनताले छानेर आफूलाई पनि प्रतिनीधि बनाएको तर कुनै तानाशाहिका विरुद्ध आफू नझुक्ने उनले दावि गरिन् ।  रेडियो वुद्धवाणीबाट साभार गरिएको ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता