
इलाम, १७ जेठः विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो दिन आजको खेलमा वेष्ट इन्डिजले र पाकिस्तानलाई ७ विकेटले पराजितगरेको छ । पाकिस्तानले दिएको १०६ रनको झिनो लक्ष्य वेष्ट इन्डिजले ३ विकेटको क्षतिमा १३.४ ओभरमा पुरा गरेको हो । शुरुमै आक्रमक देखिएका क्रिस गेलले ३४ वलमा ३ छक्का र ६ चैकाको मद्दतमा ५० रनमा गेल अमरिको शिकार भए । शाई होपले ११ रन बनाए उलाई पनि आमिरले नै आउट गरे । निकोलस पुरनले नटआउट ३४ रन बनाए । ब्राबोपनि शुन्य रनमा आमिरकै शिकार बने । हिटमायरले नटआउट ७ रन बनाए ।
पाकिस्ताको तर्फबाट तीन वटै विकेट महोमद आमिरले लिए । यस अघि इन्डिजका कप्तान जेसन होल्डरले टस जीतेर पाकिस्तालाई व्याडीङको निम्ता दिएका थिए । पहिलो इन्डीङमा पाकिस्तानले २१.४ ओभरमा सवै विकेट गुमाउँदै १०५ रन मात्र बनाएको थिया । पाकिस्तानका ४ खेलाडी वाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । कसिलो वलिङको शुरुवात गरेका वेष्ट इन्डिजका वलहरुले ओपनर इमामा उल हकलाई २ रनका अउट गरे उनलाई शेलडन कोटरेलले आउट गरे । त्यस पछि पनि विकेटको शिलशिला रोकीएन अर्का ओपनर फखर जमानलाई २२ रनको व्याक्तिगत स्कोरमा रसेलले आउट गरे । त्यसपछि आएका हरिस सोहेल पनि ८ रन बनाउँदै आउट भए । पाकिस्तानले टीमको ६४ रनको स्कोरमा बावर आजमलाई चौथो विकेटको रुपमा गुमायो उनले २२ रन बनाएका थिए । ८ रन बाउँदै कप्तान सर्फराज अहमद होल्डरको सिकार बने त्यस समय पाकिस्तानको स्कोर ७५रन थियो । हफिजले १६ रन र वाहव रियाजले १८ रन बाहेक अन्य व्याट्मेनले धेरै रन बनाउन सकेनन् ।
वलिङमा वेष्ट इन्डिजका ओशेन थोमासले ५.४ ओभर वलिङ गर्दै २७ रन खर्चेर ४ विकेट लिए भने कप्तान होल्डरले ३ विकेट, रसेलले २ विकेट र कोटरेलले १ विकेट लिए । खेलको मेन अफ दमेच थोमास भए ।