विश्वकप क्रिकेटः वेष्ट इन्डिजले पाकिस्तानलाई १०५ रनमा अलआउट बनायो

इलाम, १७ जेठः विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज वेष्ट इन्डिज र पाकिस्तान भिड्दैछन् । इन्डिजका कप्तान जेसन होल्डरले टस जीतेर पाकिस्तालाई व्याडीङको निम्ता दिएका छन् । पहिलो इन्डीङमा पाकिस्तानले २१.४  ओभरमा सवै विकेट गुमाउँदै १०५ रन मात्र बनाएको छ ।
 पाकिस्तानका ४ खेलाडी वाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । कसिलो वलिङको शुरुवात गरेका वेष्ट इन्डिजका वलहरुले ओपनर  इमामा उल हकलाई २ रनका अउट गरे उनलाई  शेलडन कोटरेलले आउट गरे । त्यस पछि पनि विकेटको शिलशिला रोकीएन अर्का ओपनर फखर जमानलाई २२ रनको व्याक्तिगत स्कोरमा रसेलले आउट गरे । त्यसपछि आएका हरिस सोहेल पनि ८ रन बनाउँदै आउट भए । पाकिस्तानले टीमको ६४ रनको स्कोरमा बावर आजमलाई चौथो विकेटको रुपमा गुमायो उनले २२ रन बनाएका थिए ।  ८ रन बाउँदै कप्तान सर्फराज अहमद  होल्डरको सिकार बने त्यस समय पाकिस्तानको स्कोर ७५रन थियो । हफिजले १६ रन र वाहव रियाजले १८ रन बाहेक अन्य व्याट्मेनले धेरै रन बनाउन सकेनन् । 
वलिङमा वेष्ट इन्डिजका ओशेन थोमासले ५.४ ओभर वलिङ गर्दै २७ रन खर्चेर ४ विकेट लिए भने कप्तान होल्डरले ३ विकेट, रसेलले २ विकेट र कोटरेलले १ विकेट लिए । 
वेष्ट इन्डिजलाई पाकिस्तानले दिएको १०६ रनको लक्षको पिछा गर्न धेरै मुस्कील नहुने देखिए पनि पाकिस्तानको वलिङ यट्याक पनि राम्रो छ । पराकिलो अन्तरले जित निकाल्दै  इन्डिज २ अंकको साथ रनरेटमा पनि राम्रो फाईदा लिने दाउमा छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता