रोङमा प्रतिभा पहिचान कार्यक्रम


  •  गोबिन्द पौडेल

रोङ  १७ जेठः वाल प्रतिभाको खोजी गदै इलामको रोङ गाउपालिकामा रहेको बिद्यालयहरुका बालप्रतिभा छनौट कार्य आज सम्पन्न गरियो ।
 नेपाल सरकार शिक्षा मन्त्रालयले अघिसारेको वाल प्रतिभा खोजी कार्यक्रम अनुसार हरेक बिद्यालयमा रहेका लुकेर रहेका प्रतिभाहरुलाइ प्रस्तुतिकोलागि  प्रेरित गर्ने कार्यक्रमअनुसार आज इलामको रोङ गाउपालिका स्तरिय प्रतिभा खोजी कार्यक्रम आज रोङ गाउपालिकाको शान्ति निकेतन माध्यामिक बिद्यालयमा गरिएको हो । रोङगाउपालिकाको शिक्षा शाखाको आयोजनामा भएको कार्यक्रममा गाउपालिकाको सबै बिद्यालयहरुलाइ आमन्त्रण गरिएको भएपनि कार्यक्रममा शान्ति निकेतन मा.कि कुटीडाडा , सरस्वती मा. बि भालुझोडा र कुवापानी मा.बि जिर्मलेले सहभागिता रहेको  शिक्षक भूपाल खड्काले बताए । 
कार्यक्रममा भाष साहित्य बिधामा शान्ति निकेतनका स्र्पस राइ,चित्रकला, संगित र गणितका बिधामा पनि शान्ति निकेतन मा.बि कै प्रतिभाहरु क्रमस प्रज्ञा राई, सिमरम राइ र दिक्षभुजेल छनौट भएका छन् । गाउपालिका स्तरिय प्रतियोगितामा छनौट भएका प्रतिभाहरुले आगामी २३ गते हुने जिल्ला स्तरिय प्रतिभा छनौटकार्यक्रममा सहभागि हुने बिद्यालयका प्रधानाध्यापक हेमन्त आचार्यले बताए ।   

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता