यार्सा टिप्न गएका तीनको मृत्यु, असुरक्षित ठानेपछि फिर्ता आउँदै सर्वसाधारण

डोल्पा । डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको लेक लागेर मृत्यु भएको छ । 
जिल्लाको शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विक र जाजरकोट जिल्लाकै वर्ष २२ का रमेश चलाउने रहेका छन् । विकलाई उपचारका लागि फोक्सुण्डो ताल नजिक पर्ने रिग्मो गाउँमा ल्याइपु¥याउँदा मृत्यु भएको र चलाउनेको शुक्रबार प्यारी भोक्पाभन्ने ठाउँमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
हालै डोल्पाको ठूलीभेरी नगरपालिका–१ का वर्षीया ३८ का बुद्धि कार्कीले गत बिहीबार भिरबाट लडेर ज्यान गुमाएका थिए । एक महिनाअघि जुम्लाका २ जनालाई यार्साटिप्न गएकै ठाँउमा ज्यान गुमाएका थिए ।
मृतकको संख्या बढ्न थालेपछि असुरक्षित महशुस गर्दै यार्सा टिप्न गएका सर्वसाधारण फिर्ता आउन लागेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता