आज विश्व दूध दिवस, नेपालमा पनि मनाइँदै

काठमाडौं । जुन १ अर्थात आज विश्व दूध दिवस ‘प्रशोधित दूध पिऔँ, स्वस्थ र खुशी रहौँ’ भन्ने नाराका साथ नेपालमा पनि मनाँइदै छ । सन् २०११ देखि नेपालमा मनाइँन लागिइएको यो दिवस विश्व खाद्य संगठनले सन् २००१ देखि जुन १ तारिखमा पहिलो पटक मानेर सूरु गरेको थियो ।
विश्व स्वास्थ्य संगठनका अनुसार मानव स्वास्थ्यका लागि प्रतिवर्ष प्रतिव्यक्ति ९२ लिटर दूधको आवश्यकता रहेको बताए पनि नेपालीले ७४ लिटर मात्रै उपभोग गर्ने गरेकोमा त्यसको मात्रा बढाउन उद्देश्यले समेत यो दिवसको आवश्यकता देखिन्छ ।
नेपाललाई दुई वर्षमा देशलाई दूधमा आत्मनिर्भर बनाउने सरकारको तयारी छ । नेपालमा उत्पादन हुने दूधमध्ये १७ प्रतिशत मात्रै व्यावसायिक क्षेत्रमा आपूर्ति हुने डेरी उद्योगको तथ्यांक छ ।
स्वस्थ रहनका लागि दूध अत्यावश्यक मानिन्छ । यसमा भिटामिन, चिल्लो पदार्थलगायतका पोषक तत्वका साथै क्याल्सियम हुन्छ जसले स्वस्ग रहन निकै मद्दत गर्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता