विश्वकप क्रिकेटः श्रीलंका न्युजिल्याण्ड सामु १३६ रनमा अलआउट

इलाम, १८ जेठः विश्वकप क्रिकेट अन्र्तगत आज भईरहेको पहिलो खेलमा श्रीलंका १३६ रनमा अलआउट भएको छ । टसहारेर पहिले व्याटीङको निम्ता भएको श्रीलंकाले २९.२ ओभरमा सवै विकेट गुमाएर न्युजिल्याण्डलाई झिनो १३७ को लक्ष्य दिएको छ । न्युजिल्याण्डको धारीलो वलिङमा श्रीलंकाका तीनजना व्याट्समेनले मात्र दोहोर अंकको रन बनाउन सके । 
कप्तान दिमुथ कुरुनरत्नेले अर्धसतक बनाए उनले ८४ बल खेल्दै ४ चैकाको मद्दतले नटआउट ५२ रन बनाए ओपनिङमा आएका उनलाई दास्रोछोरबाट कसैको पनि राम्रो साथ दिएर साझेदारी नहुँदा श्रीलंका १३६ रनमा समेटिएको हो । श्रीलंकाका लागि कुसल परेराले २९ र थिसरा परेराले २७ रन बाहेक अन्य व्याट्समेनले दोहोर अंक कटाउन सकेनन् । श्रीलंकाका ३ जना व्याट्मेन शुन्यमा आउट भएका छन्  । 
न्युजिल्याण्डका लागि माट हेनरी र  लकी र्फगुसनले समान तीन तीन विकेट निकाले भने ट्रेन्ट बोल्ट, जिम्मी निशाम, कोलिन डे ग्रान्डहोम र मिचेल सान्टनरले समान एकएक विकेट लिए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता