इलामको ग्रीन भ्यालीका विद्यर्थीलाई योगा कक्षा

इलाम, ७ जेठः इलाम सदरमुकामा रहेको ग्रीन भ्यालीका विद्यर्थीलाई योगा क्लास दिइएको छ । रभी शंकरका अनुयाई यादव राउत, सुप्रिया श्रेष्ठ र असीम दियालीले योगा क्लासलाई सहजीकरण गरेका थिए । 
मानिसको जीवनमा योगाको महत्वपूर्ण भूमीका हुने गरेकोले पनि योगा कक्षा सञ्चालन गरेको सहजकर्ता सुप्रिया श्रेष्ठले वताईन । विद्यार्थीहरुको दिमागमा सकारात्मक सोचको लागि पनि योगा कक्षा लिएको सहजकर्ता यादव राउतले माइपोखरी न्युजलाई वताए ।
त्यस्तै इलाममा द आर्ट अफ लिभिङ्ग इलामद्वारा इलाममा अन्तर्राष्ट्रिय योग दिवशको उपलक्ष्यमा विभिन्न विद्यालयहरुमा योग सम्बन्धी सचेतना कक्षा सञ्चालन गरेर मनाइयो । इलाम नगरपालिकामा रहेका ग्रीन भ्याली एकाडेमी, ज्योति विद्या मन्दिर, प्रज्ञा सदन, ज्योति सदन बोर्डिङ्ग स्कुल, जुबिलेन्ट इलाइट एकाडेमी, हेरिटेज नेशनल एकाडेमी, गोल्डेन फ्युचर इङ्लिस बोर्डिङ्ग स्कुल तथा माईजोगमाई गाउँपालिकाका सिरिषे मा.वि. तथा इभरग्रीन इङ्लिस स्कुलमा सञ्चालित योग कक्षामा ११०० भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
 आर्ट अफ लिभिङ्गका प्रशिक्षक तथा स्वयंसेवीहरुको सहजीकरणमा सञ्चालन भएका कक्षाले सकारात्मकता, नयाँ ऊर्जा र ताजगी अनुभव भएकाे सहभागी विद्यार्थीहरुले बताए । योग कक्षा सञ्चालन भएका विद्यालयहरुले यस्ता कार्यक्रमहरु साप्ताहिक रुपमा भएपनि गराउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । आर्ट अफ लिभिङ्ग विश्वका करिब १५० भन्दा बढि देशहरुमा मानवतावादी, आध्यात्मिक गैरनाफामूलक संस्था हो । यसैगरि इलाम बजारमा यहि असार ९ गतेबाट ६ दिने ह्याप्पीनेस कार्यशाला तथा १७ गतेबाट ५ दिने मौन ध्यान शिविर पनि सञ्चालन भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता