‘स्वस्थ जीवन अभियान’ शुरु


  • माइपोखरी न्युज

झापा ४ असारः सामाजिक विकास मन्त्रालयले ‘स्वस्थ जीवन अभियान’ सुरु गरेको छ । मन्त्रालयले स्वस्थ जीवनका लागि नागरिकले परिवर्तन गर्ने बानीका बिषयमा अन्तक्रिया गर्न शुरु गरेको हो ।
प्रदेश सरकारले स्थानीय प्रत्येक तहदेखि लिएर वडासम्म स्वस्थ जीवन अभियान समिति निर्माण गर्ने प्रदेशस्तरीय स्वस्थ जीवन अभियानका संयोजक तीर्थराज आचार्यले जानकारी दिए । असार ६ गते बिश्व योगा दिवसको दिन पारेर यसको सुरुवात गर्ने उनले बताए । 
झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिकामा कार्यक्रम गरी प्रदेश स्वास्थ्य कार्यालयले स्वस्थ जीवनको लागि अपनाउनुपर्ने सतर्कताका बारेमा जानकारी दिएको छ । कम्तिमा पनि सातामा एकदिन ब्रत बस्ने, ब्यायाम गर्ने, शरिरलाई आराम दिने, धुम्रपान तथा मध्यपान सेवन नगर्ने, अनावश्यक तनाव घटाउने लगायतका गतिविधिमा ध्यान दिन सके रोग लाग्ने सम्भावना कम भएर जाने समेत अभिमुखिकरण कार्यक्रममा बताइएको थियो । 
मानव स्वास्थ्यसँगै सरसफाइका लागि समेत टोल समितिदेखि नै सक्रिय बनाउने लक्ष्य स्वास्थ्य कार्यालयको रहेको आचार्यले जानकारी दिए । 
समितिले कम्तिमा सातामा एकपटक सार्वजनिक स्थानमा सरसफाई गर्नुपर्ने नियम अगाढी सारेको उनले बताए । समितिले योगा र ब्यायामका लागि तालिका बनाएर कार्यान्वयन गर्न अनुरोध गर्ने बताइएको छ । हालका लागि झापा र मोरङ्गमा सञ्चालित स्वस्थ जीवन अभियान लागू भएको छ भने आगामी वर्ष प्रदेशका सबै जिल्लामा यो कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता