गुठी विधेयक खारेजी माग गर्दै काठमाडौंमा उर्लियो जनसागर, सवारी साधनलाई डाइभर्सन गरियाे

काठमाडौँ । माइतीघर मण्डलमा गुठीसम्बन्धी विधेयक फिर्ताको माग गर्दै सर्वसाधारणहरुले विरोध जनाएका छन् । सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठीसम्बन्धी विधेयक फिर्ताको घोषणा गरे पनि सो विधेयक खारेजीको माग गर्दै आज माइतीघर मण्डलमा सरोकारवालाहरूले खबरदारीसभा आयोजना गरेका हुन् ।
विधेयकले गुठीको सम्पदा र संस्कृतिमाथि प्रहार गर्ने भएकाले प्रदर्शनकारीले खारेजीको माग गरेका हुन् । भूमि, व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले थप परामर्शका लागि भन्दै मङ्गलबार विधेयक फिर्ता लिइएको निर्णय सार्वजनिक गरेका थिए ।
. विधेयकलाई लिएर जनसमुदायमा भ्रम उत्पन्न गराउने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोसिस भएकाले सरोकार पक्षसँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएको जनाउँदै विधेयक फिर्ता लिइएको जनाएका थिए । तर सरोकारवालाहरुले भने विधेयक खारेज नै हुनपर्ने माग छ ।
जुलुससहित माइतीघर मण्डलामा आन्दोलनकारीहरु केन्द्रीत हुँदा सहरका विभिन्न स्थानबाट आउने यातायात प्रभावित भएको छ । गुठी विधेयकको विषयलाई लिएर भइरहेको कार्यक्रमका कारण उक्त स्थान हुँदै गुडने सवारी साधनलाई डाइभर्सन गरेर चलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाकाले जनाएकाे छ ।
न्युज२४ बाट साभार गरिएको 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता