इलाम माइजोगमाईकी सुजताको पाँचथरमा हत्या

इलाम, ३ असारः पाँचथरको हिलिहाङ गाँउपालिकामा माईक्रोफाईनान्स कम्पनीमा काम गर्ने एक युवतीको हत्या भएको हो ।
मंगलबार हिलिहाङ –६ चित्ते भन्ने ठाँउमा एनएमबी माईक्रोफाईनान्स गोपेटार शाखामा काम गर्ने फिल्डको कर्मचारी सुजता तामाङको धारीलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शव फेला परेको छ । इलामको माइजोगमाई गाँउपालिका घर भई फिल्ड कर्मचारीको रुपमा कार्यरत युवतीको हत्या भएको हो ।
धारीलो हतियार प्रहर भएको तथा भिरबाट झरेको अवस्थामा शव भेटिएको पाँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । ‘धारीलो हतियार प्रहर गरेको देखिएको छ । भिरबाट खसाइएको छ । हामिले अनुसन्धान थालेका छौँ’ घटना स्थलबाट डिएसपी कुँवरले भने ‘धारीलो हतियार प्रहार भएको देखिन्छ ।’
जिल्लाको मिक्लाजुङ गाँउपालिकाको आरुबोटे भन्ने ठाँउमा नौ जनाको हत्या भएको र सोहि गाँउपालिका– ४ मा किशोरीको हत्या भएको घटना नसेलाउँदै अर्को हत्याको घटना भएको हो । एकपछि अर्को हत्याको घटना भएपछि जनजिवन थप त्रसिद बन्दै गएको छ ।
कार्यालयबाट फिल्डमा खटिएको कर्मचारी दिउँसो–४ बजेसम्म सम्पर्कमा नआएपछि खोजी नीति गरेपछि खुल्न आएको प्रहरीले जानकारी दिएको छ । खोजि गर्दा उनको उनको घाटिलगायत विभिन्न ठाँउमा धारीलो हतियार प्रहार भएको प्रहरीले जानकारी दिएको छ । उनको हत्या भएको प्रहरीको आशंका छ । झोला र छाता बाटो र बाटोभन्दा करिब ५० मिटर तल शव भेटिएको प्रहरीले जानकारी दिएको छ । हत्यामा कसको संलग्नताबारे खुल्न सकेको छैन् । यसअघि सोहि गाँउपालिकामा १५ बर्षिय  किशोरीको हत्या भएको थियो । हत्याले निक्कै त्रसिद भएका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता