हुम्लामा कर्णाली नदीमा खसेको जीपमा सवार १० जना बेपत्ता

हुम्ला, ०३ असारः हुम्लाको सदरमुकाम सिमकोट देखि ८ कोष टाढा पर्ने खार्पुनाथ गाउपालिका ५ कोबेडुबीसुना जिउला र कैल्याबालुकोबीचमा पर्ने सडकबाट जीप कर्णली नदीमा खसेको छ । यात्रु लिएर खार्पुनाथको खार्पुदेखि पालिकाको केन्द्र रहेको याङचुबजार जान लागेको जीप सडकबाट २० मिटर तल कर्णाली नदीमा खस्दा जीपसहित १० जना यात्रु बेपत्ता भएका छन् ।
लु १ ज ७१६६ जीप सडकबाट करिब २० मिटर तल कर्णाली नदीमा खसेको हो । जीप नदीमा डुब्दा जीपसहित १० यात्रु बेपत्ता भएका छन । बेपत्ता हुनेमा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही, जिप चालक सिमकोट ८ याङगुका मणि शाही, यात्रुहरु खार्पुनाथ ४ छिप्राका चन्द्र हमाल, खार्पुनाथ ४ नल्नाकानैनसिंह भण्डारी, खार्पुनाथ ५ याङचुकाबसन्ती शाही, नन्ददेवी सिंह र गोकुल सुनार खार्पुनाथ १ पिउसकी कौरादमाई उनका दुई वर्षीय छोरा र नाम नखुलेको वेल्डिङ मास्टर रहेको याङचु प्रहरी चौकीलाई उद्धृत गर्दै हुम्लाका निमित्त प्रहरी प्रमुख राजेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।
घटना मध्याह्न साढे १२ बजे भए पनि सूचना ढिला आएकाले उद्धारमा ढिलाइ भएको हो उहाँको भनाइ छ । १६ सिट क्षमता भएको जिपमा १० जनाको नाम खुलेको भएपनि जीपमा कतिजना सवार थिए भन्ने बारेमा यकिन भइसकेको छैन ।
अहिले उद्धारका लागि स्थानीासी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित सिम्रीक एयर, माउण्टेन र सुमिट एयरका ६ वटा हेलिकप्टर परिचालित गरिएको निमित्त प्रमुख जिलला अधिकारी महेश कुमार पोखरेले बताउनु भयो ।
न्युज२४बाट साभार गरिएको 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता