इलामको करफोकमा एन्फा फुटबल प्रशिक्षण केन्द्र बन्ने

फिक्कल: इलामको सूर्योदय नगरपालिकाको करफोक खेल मैदानलाई पूर्वी पहाडकै पहिलो फुटबल प्रशिक्षण केन्द्र निर्माणका लागि सम्झौता भएको छ । बुधबार सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रशिक्षण केन्द्र निर्माणको संझौता पत्रमा हस्ताक्षर भएको हो ।
करिब १ करोड ३० लाख रुपियाँको लागतमा प्रशिक्षण केन्द्र निर्माण गर्ने सम्झौता भएको छ । आउदो फागुन महिनाबाट अहिले भएको करफोक खेल मैदानलाई प्रशिक्षण केन्द्रका रुपमा निर्माण गरिने सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिनु भयो ।
उहाले नगरलाई खेल पर्यटनका रुपमा बिकास गर्न लागिएको जानकारी दिनु भयो । कार्यक्रममा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले सधै चिसो मौषम भएको करफोकको प्रशिक्षण केन्द्रले पूर्वमा खेलाडी उत्पादनमा ठूलो योगदान पुरयाउने बताउनु भयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता