सन्तुलित भारत विरुद्ध सन्तुलन गुमाएकोे दक्षिण अफ्रिका

  • विनय तिम्सीना

इलाम, २२ जेठः जारी विश्वकपको आठौँ खेला आज उपाधिको दाबेदार मानिएको भारत र दक्षिण अफ्रिकाबीचमा प्रतिस्पर्धा हुँदैछ । इंग्ल्याण्डको खेल साउथह्याम्पटनमा नेपाली समयानुसार दिउँसो तीन बजेर १५ मिनेटमा शुुरु हुनेछ । जारी विश्वकपमा भारत  पहिलो खेल खेल्दै छ भने दक्षिण अफ्रिकाको तेस्रो खेल हो  । आज नै ६ बजेर १५ मिनेटमा न्युजिल्याण्ड र बंगलादेश विचको खेल पनि हुँदै छ । 
उपाधि दाबेदार टिमको रुपमा रहेको भारत सन्तुलित टिम हो । क्रिकेट विश्लेषकका अनुसार भारत अहिलेसम्मकै बलियो टिम भएको दाबी गर्दै आएका छन् । यता दक्षिण अफ्रिका भने आफ्ना अनुभवी व्याट्समेन हासीम अमला र बलर डेल स्टनेको चोटका कारण टीमामा सन्तुलन गुमाएको छ ।
दक्षिण अफ्रिका उपाधिको दावेदार भए पनि पहिलो खेलमा इंग्ल्यान्डसँग १०४ र दोस्रो खेलमा बंगलादेशसँग २१ रनले पराजित हुँदै आफ्ना दुई खेलमा पराजित हुँदै लय गुमाएको छ । आज भारतसँगको खेलमा पनि दक्षिण अफ्रिका पराजित भएमा अफ्रिकाका लागि विश्वकप यात्रा निकै कठिन हुनेछ ।
आजको खेलमा भारत भने आफ्नो पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्न चाहन्छ । सन्तुलन गुमाएको दक्षिण अफ्रिकाविरुद्ध जित हात पार्दै  सुखद् शुरुवात गर्ने लक्ष्यमा भारत छ भने भारतलाई पराजित गर्दै पहिलो जित हात पार्ने दाउँमा दक्षिण अफ्रिका रहेको छ  ।
यी दुई टीमको पछिल्ला पाँच खेल हेर्नेहो भने पनि भारत निकै नै बलियो देखिन्छ । दक्षिण अफ्रिकासँगको पछिल्ला  ५ भेटमा भारतले ४ जीत हात परोको छ भने एकमा हार वेहोरेको छ ।
भारतको ब्याटिङ, बलिङ र फिल्डिङ यी तीनै पक्ष बलियो देखिन्छ । भारतको लागि ओपनर शिखर धवन र रोहित शर्माको जोडीले राम्रो शुरुवात दिएमा सहज जीत निकल्न सक्छ । तेस्रो नं.का व्याट्समेन  कप्तान विराट कोहली छन् भने । चर्चामा रहेको चौथो नं.को लागि पनि अभ्यास खेलमा सतक लागाउँदै केएल राहुलले आफ्नो स्थान पक्का गरेका छन् । भारतिय पूर्व कप्पता महेन्द्रसिंह धोनी पनि राम्रो लयमा रहेकाछन् उनको अनुभव भारतको जितको लागि धेरैनै काम आउने गर्दछ । त्यस्तै  केदार जाधव, दिनेश कार्तिक जस्ता ब्याट्सम्यान मध्यक्रममा छन् । भारतमा रवीन्द्र जडेजा र हार्दिक पाण्ड्याजस्ता अलराउण्डर फिनिसिङ लाइनमा छन् । भारतको वलिङ लाईन पनि वलियो देखिन्छ कुलदीप यादव, रवीन्द्र जडेजा, युजभिन्द्र चाहालजस्ता स्पिनर आजको म्याच चेन्जरको रुपमा हुन सक्छन् । भने भूवनेश्वर कुमार, जस्प्रित बुमराह, मोहम्मद समी जस्ता तेज गतिका बलरहरु पनि छन् । 
यता, दक्षिण अफ्रिकासँग विश्वका उत्कृष्ट ब्याट्सम्यान र बलरहरु रहेका छन् तर तालमेल नमिल्नुको कारण विश्वकपमा दक्षिण अफ्रिकाको नतिजा आफ्नो पक्षमा पार्न सकेको छै ।
कप्तान फाफ् डु प्लेसिस, हसिम अमला, डि कक, जेपी डुमिनी, डेभिड मिलर जस्ता विश्वचर्चित ब्याट्सम्यान छन् । त्यस्तै, इमरान ताहिर, कागिसो रबडा जस्ता बलर छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता