झापामा टिपरको ठक्करबाट बालकको मृत्यु

झापा, ३ असारः  झापाको गौरादह नगरपालिका(७ भेटवालचोकमा सोमवार दिउँसो टिपरको ठक्करबाट १० बर्षीय बालकको मृत्यु भएको छ । 
दिउँसो ३ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे १ ख २७०४ नम्बरको टिपरले सुनसरीको तरहरा घर भई गौरादह(७ हजुरबुवाको घरमा बस्दै आएका कृष्ण गिरीको छोरा बर्ष १० का ओमराज गिरीलाई बाटो काटने क्रममा ठक्कर दिंदा बालकको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । 
घटनास्थलमा तत्काल ईलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी टोली खटि गई टिपर र चालक गौरादह(७ कै ३१ बर्षीय सोम प्रसाद बजगाईलाई नियन्त्रण लिएको छ । मृतकको शव कानूनी प्रकृया पूरा गरी परिक्षणको लागि दमकको आम्दा अस्पताल पठाएको उक्त कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता