सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्टको ढलान भत्किँदा तीन जनाको मृत्यु


काठमाडौं । सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्टको ढलान भत्किँदा तीन जनाको मृत्यु भएको छ । उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ढलान भत्किँदा दाङमा तीन मजदुरको मृत्यु भएको हो भने दुई जना घाइते भएका छन् ।

भारत झारखण्ड निवासी ४५ वर्षका मंगल कस्यव, २२ वर्षका दयाल हरेन र ४६ वर्षका साहेबको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

लमही नगरपालिका ७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा छैटौँ तलाको सट्रिङ भत्किएको हो। प्रहरीका अनुसार घटना राति २ बजे भएको हो। घटनामा घाइते भएका अजय हेरेन र नरेन साइवनलाई लमहिमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल लगिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता