जिल्ला क्रीकेट संघको अध्यक्षमा अर्जुन पौडेल निर्वाचित

अर्जुन पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गर्दै जिल्ला क्रीकेट संघ इलामको बिशेष साधारण सभा सम्पन्न भएको छ । 
सर्वसम्मतिले चयन भएको नवगठित समितिको उपाध्यक्षमा गणेश खतिवडा, सचिव महेश राई र कोषाध्यक्षमा तिकाराम पुरी रहनुभएको छ । यसैगरी सदस्यहरुमा डा. रामकृष्ण आचार्य, राजु कट्टेल, मुकेश चौधरी, कुमारी राई, हेमन्त राई, संजिव राई र राजिव श्रेष्ठ रहनुभएको छ ।
साधारणसभाले नेपाल क्रीकेट संघको केन्द्रीय प्रतिनिधिको रुपमा अर्जुन पौडेललाई चयन गरेको छ । अन्तर्राष्ट्रिय क्रीकेट काउन्सिल (ICC) ले खटाएको स्वतन्त्र पर्यवेक्षकहरु कृष्णप्रसाद पोख्रेल, आकृती खनाल र आयसा शर्माको बिशेष उपस्थितिमा साधारणसभा सम्पन्न भएको हो ।
संघको निवर्तमान अध्यक्ष मनबहादुर राईको अध्यक्षता र जिल्ला खेलकुद विकास समिति अध्यक्ष बृहस्पति उपरकुटीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभा जिल्ला समन्वय इलामको समिक्षा हलमा भएको थियो ।
यसैगरी साधारणसभा लगत्तै बसेको नवगठित कार्यसमितिको पहिलो बैठकले ४ जना प्रदेश कमिटी चयन गर्नुको साथै ४ सदस्यीय सल्लाहकार समिति गठन गरिएको नवनिर्वाचित अध्यक्ष अर्जुन पौडेलले बताए । 
संघको १ नं. प्रदेश प्रतिनिधिहरुमा मनबहादुर राई, गणेश खतिवडा, मिङमा डण्डु शेर्पा र टिकाराम पुरी सर्वसम्मतिले चयन हुनुभएको छ । जिल्ला क्रीकेट संघको सल्लाहकारहरुमा नवराज शंकर, मनबहादुर राई, बिनोद खनाल र भुषान्त सुब्बा रहनुभएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता