श्रीमती संगठनको अनाथ बालबालिकालाई सहयोग

बिर्तामोड, ३२ जेठः समाजाजिक सञ्चाल मार्फत् संगठित भएर सामाजिक कार्य गर्दै आएको श्रीमती संगठनले अनाथ वालवालिकालाई सहयोग गरेको छ । विवाहित महिलाहरुको उक्त  संगठनले झापाको बिर्तामोडमा रहेको तारा नमस्ते बालआश्रमका १३ जना वालबालिकालाई संगठित भएको पहिलो बर्षको अवसर पारेर खाद्य सामाग्री वितरण गरेको हो ।
संगठित संगठनका प्रत्येक सदस्यले प्रति व्यक्ति एक हजार संकलन गरेर २ वोरा चामल, ५ केजी चिनी, १ कार्टुन तेल, नुहाउने तथा लुगा धुने सावन, चाउचाउ, विस्कुट जस्ता खाद्य सामाग्री वितरण गरेको संगठित सदस्य दुर्गा लिम्बुले जानकारी गराइन् । 
दमककी रेवता बस्नेतले शुरु गरेको विवाहित महिलाहरुको फेसबुकमा हाल ६ हजार २ सय महिलाहरु संगठित रहेको सरिता वरालले बताइन् । ‘दकममा हिजो नै पहिलो बर्ष मनाइयो’ सदस्य वरालले भनिन् ‘अन्य स्थानमा पनि श्रीमती संगठनले विभिन्न कार्यक्रम गरी मनाइ सकेको छ ।’ पहिलो वर्ष भएकाले पनि सामाजिक सहयोग गर्ने उदेश्यले वालआश्रमका बालबालिकालाई खाद्य सामाग्री वितरण गरेको उनको भनाई छ । 
संगठित सदस्यहरु अञ्जु लामिछाने, अम्विका दाहाल गिरी, झरना दाहाल शर्मा, कमला पाण्डे गिरी, अनु पौडेल, अनु बोम्देन तामाङ, स्वेता काफ्ले, विनिता लिम्बु, कमला भट्टराई, वविता थापा, सिर्जना बस्नेत, निलम प्रसाई, संगिता घिमिरे, प्रिया पोखरेल, संगिता लिम्बु, सेरिना तामाङ, शान्ता दियाली, तुलसा आचार्य, शान्ता वस्नेत, पवित्रा विमली प्रसाईलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो । 
१३ जना बालबालिका मध्ये सो वालआश्रममा ५ जना केटी र ८ जना केटा रहेको बालआश्रम सञ्चालक तथा सञ्चालक समितिकी कोषाध्यक्ष यशोदा चापागाईले बताइन् । वालबालिको शिक्षाका लागि प्रदेश सरकारले २ लाख रुपैयाँ प्रदान गरेको र बिर्तामोड नगरपालिकाले बालआश्रम भवन निर्माणका लागि एकलाख रुपैयाँ दिएको उनले बताइन् । ‘विद्यालयले एक÷एक जना अनाथ बालबालिकालाई निःशुल्क पढाई दिएका छन् ।’ उनले भनिन् । २०६९ सालमा स्थापना भएको वालआश्रमले विभिन्न सामाजिक संघ÷संस्था तथा प्रदेश तथा स्थानीय तह र सरकारको सहयोगमा सञ्चालन हुँदै आएको चापागार्इँले बताइन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता