इलामको रोङमा बोलेरो र्दुघटनामा दुई घाइते


 रोङ्ग ३१ जेठ । इलामको रोङ गाँउपालिका वडा नं ६ मा आज भएको बोलेरो दुर्घटनामा दुईजना घाइते भएका छन् । घाइते हुनेमा  झापाको मेचीनगर नगरपालिका १ बस्ने  १२ बर्षीय  रोनित राई  र ८ बर्षीय आकृति कार्की घाइते भएको प्रहरी चौकी जिर्मलेका इन्चार्ज मिन बहादुर कार्कीले बताए ।   दुधे कातिके निन्दा ग्रामीण सडकमा बाँस बोकेको  मे १ ज १४२७ नं को बोलेरो जिप शुक्रबार दिउसो  १२.०० बजेतिर दुर्घटना भएको थियो ।  घाइते मध्ये रोनितको दाहिने खुट्टा भाचिएको छ भने कार्कीलाइ सामान्य चोट लागेको छ । घाइते दुबैको झापाको कन्काइ अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । चालक प्रहरी चौकी जिर्मलेको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्चार्ज हेमराज ओलीले बताएका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता