इलामको पशुपति गणबाट असिमदीपलाई बिदाई, प्रभात थापालाई स्वागत

इलाम, ८ साउनः  इलामको पशुपतिप्रसाद गढीथुम्कास्थित नेपाली सेनाको पशुपतिप्रसाद गणबाट गणपति असिमदिप गुरुङको सरुवा भएपछि विदाई गरिएको छ । उनको ठाउँमाल नयाँ गणपतिमा प्रभात थापा आएका छन् । गणपति असीमदीप गुरुङको सरुवा भएपछि नेपालजञ्जबाट नयाँ गणपतिमा थापा सरुवा भइ आएका हुन् ।
दुई वर्ष इलाममा बस्दा गणपति गुरुङले जिल्लाका सबै क्षेत्रसँग आपसी समन्वयमा काम गरेको, तीन तहका निर्वाचन सम्पन्न भएको र अन्य सामाजिक काममा पनि  नेपाली सेनाको तर्फबाट सहयोग भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता